☰ open Loading... 20 April 2024|  

सेनेटरी प्याड खरिदबारे छानविन गर्न माग
  | १२ श्रावण २०७७, सोमबार १५:५८

 

दैलेख – नारायण नगरपालिका शिक्षा शाखा मार्फत खरिद गरिएको सेनेटरी प्याडबारे संचारमाध्यममा आएपनि नेपाल शिक्षक संघ नगर कार्य समिति नारायण नगरपालिकाले माग गरेको छ । नारायण नगरपालिकाभित्र रहेका १७ विद्यालयका लागि ल्याईएको सेनेटरी प्याड खरिदमा कमिशन भन्ने समाचार आएसंगै शिक्षक संघले छानविन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय दैलेखमा सेनेटरी प्याड खरिद कस्ले गर्ने ? खरिदमा भएको अनियमितताबारे छानविन गरि सहयोग गरिदिन भन्दै नेपाल शिक्षक संघले निवेदन दर्ता गरेको छ । संचारमाध्यममा आएपछि सेनेटरी प्याड अहिले कागज मिलाएपनि एउटै सप्लायर्सबाट मंहगो. मुल्यमा खरिद गरेर विद्यालयलाई जवरजस्ती टाँसो लगाउनुले प्रष्ट अनियमितता देखाएको नेपाल शिक्षक संघका एक शिक्षकले बताए ।

दैलेखका अन्य गाउँ तथा नगरपालिकामा टेण्डर प्रकृयाबाट २८ रुपैँया सवैभन्दा कम मुल्य हाल्ने सप्लायर्सले पाएको छ तर, नारायण नगरपालिकामा एक पिसको ५२ रुपैँया बढी परेको शिक्षकहरु बताउँछन् । धेरै मुल्य अन्तरमा नारायण नगरपालिकाले प्रतिष्पर्धाविनै खरिद गरेर पठाएपछि पश्चिमनेपाल डटकमले समाचार सार्वजनिक गरेको थियो । त्रिभुवन माध्यमिक विद्यालयमा अहिले ल्याईएको सेनेटरी प्याड अलपत्रहरु राखीएको विद्यालयका एक शिक्षकले बताए । कति आएको ? मुल्य कति हो ? कस्ले मगाएको हो ? केही थाहा छैन् ? । एक शिक्षकले भने, विद्यालयमा पैसा आउँछ नगरपालिकाबाट सवै विद्यालयलाई सेनेटरी प्याड मगाउँनुको रहस्य हुनुपर्छ । सुर्खेतको रारा मेडिसिन सप्लायर्सबाट नारायण नगरपालिका शिक्षा शाखाका कर्मचारीको मिलोमत्तोमा दैलेखका १७ विद्यालयलाई २१ लाख ७९ हजारको महिनावारी हुँदा छात्राहरुले प्रयोग गर्ने सेनेटरी प्याड खरिद गरिएको थियो । एक जना छात्रा बरावर १ हजार १ सय १७ रुपैँया बरावरको सेनेटरी प्याट खरिद गर्ने कार्ययोजना रहेको थियो । नारायण नगरपालिकामा १८ सय ७४ छात्राका लागि सेनेटरी प्याट खरिदका लागि विद्यालयको खातामा पैसा पठाईएको थियो । विद्यालय आफैले खरिद गर्नुपर्नेमा नगर पालिकाको शिक्षा शाखा कमिशनको लोभमा सप्लायर्ससंग मिलेर सेनेटरी प्याड विद्यालयमै पुराएको थियो । नारायण नगरपालिका शिक्षा शाखाले यसबारे पत्रकार सम्मेलन गरेर सवैलाई सजिलो होस् भनेर खरिद गरिएको स्विकार गरेको छ ।