☰ open Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७

कर्णाली खेलकुद विकास परिषदको सदस्य सचिवमा पाण्डेकाे दावेदार बलियो

  |

सुर्खेत । पहिलो पटक गठन हुन लागेको कर्णाली प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिवमा सुर्खेतका घनश्याम पाण्डे दावेदार बलियो मानिएको छ । प्रदेश सरकारले कर्णाली खेलकुद विकास परिषदको सदस्य सचिव नियुक्ति प्रक्रिया सुरु गरेसगै यस क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरु मध्यबाट छनोट गरिने चर्चा सुरु भएको हो ।


यसअघि नै प्रदेश सभावाट प्रदेश खेलकुद विकास ऐन पारित भएपनि कर्णाली खेलकुद विकास परिषदको गठन र सदस्य सचिवको नियुक्ती प्रक्रिया कोरोनाका कारण लम्विएको थियो ।

लकडाउन अन्त्य भए लगत्तै यो प्रक्रिया सामाजिक विकास मन्त्रालयले थालेपछि पाण्डेको दावेदार बलियो मानिएको जानकारहरु बताउँछन् । आगामी भदौ पहिला साता भित्र परिषदको पुर्ण कार्यकारि पद सदस्य सचिव नियुक्ती गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका तत्कालीन निमित्त सचिव विष्णुप्रसाद अधिकारीको संयोजकत्वमा विश्वप्रशिद्ध धावक हरिबहादुर रोकाया र भलिबल खेलाडी एवं सुर्खेत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

समितिले कर्णाली प्रदेशका १० जिल्लाबाट संकलित नाममध्ये तीनजनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले स्नातक तह उत्तिर्ण भई खेलकुदको क्षेत्रमा योगदान गरेका एक जनालाई सदस्य सचिवमा नियुक्त गर्ने ऐनमा व्यवस्था छ ।

सामाजिक विकास मन्त्रालयले गत फाल्गुनमा सोही योग्यताभित्र पर्ने खेल क्षेत्रमा योगदान गरेका युवाहरुको सूची संकलन गरेको थियो । कर्णाली प्रदेशवाट संकलित डेढ दर्जन व्यक्तिमध्ये दश जनाको नाम छोटो सुचि तयार गरिएको मन्त्री निकटको स्रोतले जनाएको छ । स्रोतकाअनुसार केहि समयभित्र दश जना मध्येवाट तिन जनाको छोटो सुचि तयार पारि मन्त्रिपरिषद बैठकमा पठाउन लागिएको छ ।

यसैगरि सदस्य सचिवको दौडमा नेकपा आवद्ध घनश्याम पाण्डे तथा ऋषि गिरी र रविन्द्र चन्द दौडधुप गरिरहेका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिव पद खेल क्षेत्रको कार्यकारी पद हो ।

निकट भविश्यमै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमै सञ्चालन हुने भएकाले पाण्डेमा पूर्वाधार निर्माण, यूवाहरु परिचालन गर्ने सक्ने क्षमतामा भएकाले बढी दावेदार देखिएका उनी निकटकाहरुकाे दावी छ ।

पाण्डेले विगतमा खेदकुद क्षेत्रमा रहेर लामो समयसम्म उल्लेखनीय भूमिका निर्वाह गरिसकेकाले पनि उनी दावेदावरका लागि बलियो मानिएको खेलक्षेत्रका अगुवाहरु बताउँछन् । पाण्डे सुर्खेत खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष समेत हुन् ।

साथै वहुमुखि क्याम्पस सुर्खेतका स्ववियु सभापति भैसकेका र विभिन्न जिल्ला स्तरिय आयोगको नेतृत्व गरि लामो समय अनुभव लिई सकेका सुर्खेतका घनश्याम पाण्डे हुनुपर्ने खेलकुद क्षेत्रका जानकार र पुर्व खेलाडीहरु वताउछन् । यसरी सिफारिस भएका मध्य पाण्डेको सम्भावना प्रर्वल रहेको स्रोतको दावी छ ।

दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमै हुने हुदा यस क्षेत्रको व्यापक तयारी र भौतिक पुर्वाधार विकास गर्नु पर्ने भएकाले खेलकुद विकास परिषद र सदस्य सचिव जस्तो खेल क्षेत्रको जिम्मेवारी निकाय तत्काल गठन गर्न लागीएको सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्रि कार्यालयले जनाएको छ।

सदस्य सचिवमा दावि गरिरहेका मध्य घनश्याम पाण्डे र ऋषि गिरी जसरी भएपनि सदस्य सचिव पद हात पार्न नेकपाका नेता र मन्त्रिहरु कहाँ दौडधुप गरिरहेको छन् ।

प्रकाशित मितिः मङ्लबार, साउन १३, २०७७     2:18:33 PM
error: Content is protected !!