☰ open Loading... 19 April 2024|  

कालिकोटमा पहिरोमा परेर ८ जना बेपत्ता
  | १३ श्रावण २०७७, मंगलवार २२:००

 

साउन १३-कालिकोटमा सोमवार राति पहिरो जाँदा ८ जना बेपत्ता भएका छन् ।जिल्लाको रास्कोट नगरपालिका–१ बडलतोलाका एकैघरका ५ जना बेपत्ता भएका हुन । बडलतोलाका जयबहादुर शाहीको घर पहिरोले बगाउँदा उनी सहित उनका २ छोरा, १ छोरी र साली पहिरोमा बेपत्ता भएका हुन।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाका अनुसार शाही र उनकी १५ वर्षीया छोरी संगिता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नविन शाही र १५ वर्षीया साली अस्मिता शाही सहित उनी बेपत्ता भएका छन् ।

यस्तै सान्नी त्रिवेणी गाउँपालिका–७ की केशुरा शाही पनि घर भत्किँदा पुरिएकी छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अहिले ‘प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेका छन् । जिल्लाबाट थप प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।


रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सोही वडाको चोक्टेबगरमा टेके टमाटा, छोरी यशोदा टमटा र झाँउरे दर्जीकी पत्नी बेपत्ता भएका बताएका छन् । चारैतिरबाट पहिरो खसिरहेका कारण अहिले ९ घर उच्च जोखिममा रहेको उनले बताए ।अहिले उद्धारका लागि टोली खटिइरहेको छ । नेपाल प्रहरी र श्रम रोजगार दल त्यहाँ पुग्ने प्रयास गरिरहेकाे छ।