☰ open Loading... 18 April 2024|  

सेनेटरी प्याड खरिदबारे छानविन सुरु
  | १४ श्रावण २०७७, बुधबार १९:४५


गोविन्द केसी
दैलेख–जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण नगरपालिका दैलेखले सेनेटरी प्याड खरिदमा कमिशन चलखेलबारे समाचार सार्वजनिक भएपनि छानविन थालेको छ । जिल्ला प्रशासन कार्यालयले सेनेटरी प्याडका सम्पूर्ण कागजातहरु ३ दिनभित्र झिकाएको हो ।

यसअघि नारायण नगरपालिकाभित्र रहेका १७ विद्यालयका लागि ल्याईएको सेनेटरी प्याड खरिदमा कमिशन भन्ने समाचार आएसंगै शिक्षक संघले छानविन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दैलेखमा निवेदन दर्ता गरेको थियो । दैलेखका अन्य गाउँ तथा नगरपालिकामा टेण्डर प्रकृयाबाट २८ रुपैँया सवैभन्दा कम मुल्य हाल्ने सप्लायर्सले पाएको छ तर, नारायण नगरपालिकामा सुर्खेतको रारा मेडिसिन सप्लायर्सले एक पिसको ५२ रुपैँयाको विल हालेको शिक्षकहरु बताउँछन् । अरु पालिकामा मुल्य घटेको हालेको रेटमा सवै विद्यालयले पाए, सेनेटरी प्याडको रकम भुक्तानी गर्न विद्यालयहरु तयार रहेको एक प्रधानाध्यापकले बताए । नारायण नगरपालिकाबाट सेनेटरी प्याड खरिदबारे सम्पूर्ण कागजातहरु छानविनका लागि मगाईएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए । पहिलो चरणमा कागजातहरु हेरेर थप अनुसन्धानका कामहरु हुने प्रमुख जिल्ला अधिकारीको भनाई छ । नारायण नगरपालिकाका निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालय ६ कक्षादेखी १२ कक्षासम्म पढाई हुने १७ विद्यालयलाई २१ लाख ७९ हजारको महिनावारी हुँदा छात्राहरुले प्रयोग गर्ने सेनेटरी प्याड खरिद गरिएको थियो । एक जना छात्रा बरावर १ हजार १ सय १७ रुपैँया बरावरको सेनेटरी प्याट खरिद गर्ने कार्ययोजना रहेको थियो । नारायण नगरपालिकामा १८ सय ७४ छात्राका लागि सेनेटरी प्याट खरिदका लागि विद्यालयको खातामा पैसा पठाईएको थियो । अहिलेसम्म नारायण नगरपालिकाले १ पिस सेनेटरीको मुख्य कति हालेको हो पत्रकार सम्मेलनमा समेत भनेको छैन् । जसले गर्दा अहिले समाचार सार्वजनिक भएपनि विलहरु घटाउन लागेको श्रोतले जानकारी दिएको छ ।