☰ open Loading... 1 October 2020|   शुक्रबार, अशोज १६, २०७७

खाद्य संस्थानकाे गाेदाम भवनको माग

  |

 

यामराज बिष्ट दैलेख : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापाकाे अध्यक्षतामा बसेकाे बैठकले जिल्लामा५हजार क्वीन्टल क्षमता बराबरको खाद्यान्न अट्ने भवन र ५काेठे कार्यालय भवन बनाउने निर्णय गरेको छ ।साेमबार बसेकाे बैठकले संघ सरकार ,प्रदेश सरकारलाई बजेटकाे माग गरेको हाे ।


बैठकले जिल्लामा स्वीकृत भएका डिपोमा ६राेपनी जग्गा पास गरि गाेदाम भवन,कार्यालय भवन निर्माण गरि डिपाे सुचारु भएको ठाउँको लागि२८हजार५०० क्वीन्टल खाद्यन्न माग गरेको हाे । जिल्लामा कोरोना संक्रमितकाे संख्या बढ्दै जाँदा खाद्यन्न अति आवश्यकभएकोले माग गरिएको प्रतिनिधी सभाका सदस्य रवीन्द्रराज शर्माले बताए ।

खाद्य संस्थान शाखा कार्यालय दैलेखले शाखाकाे लागि ७हजार डिपाे स्वीकृत भएका नाैमुले गाउँपालिका डिपोकाे लागि ४हजार, भगवतीमाई गाँउपालिका डिपोकाे लागि ४हजार५सय ,दुल्लुनगरपालिका डिपोकाे लागि ३हजार ५सय,चमुण्डाबिन्द्रासैनि नगरपालिका डिपाेकाे लागि ५हजार र ठाँटिकाध गाउँपालिका डिपाेकाे लागि ४हजार ५सय क्वीन्टल खाद्यन्न माग गरेको छ ।

यश जिल्ला बाट सुर्खेत ,नेपालगन्ज सडक संञ्जाल भन्दा कर्णाली प्रदेशका जिल्लामा ७९किलोमिटर छाेटाे पर्न जाँदा कर्णाली सबै जिल्लामा खाद्यान्न परिचालन गर्न सहज हुनेछ। 

जिल्लामा खाद्य संस्थानले डिपाे संञ्चालन लगत्तै होम डेलिभरी गर्ने र जनताले सुलभ मुल्य नुन तेल,दाल,ग्यास,चामल, ग्यास , ईण्डेक्स चुलाे, लगायतका सामाग्री डिपोहरुमा जुटाउने निर्णय गरि प्रधान कार्यालय काठमाडौ पठाएको खाद्य संस्थानका प्रमुख रण बहादुर एेरीले बताए । 

प्रकाशित मितिः बुधबार, साउन १४, २०७७     10:57:39 PM
error: Content is protected !!