☰ open Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७

बाँकेको खजुरामा खुकुरी प्रहार एक यूवा घाइते

  |

नवराज सुवेदी / बाँके । बाँकेको खजुरामा यूवाहरु बिच झड्प हुँदा एक जना घाइते भएका छन । खजुरा गाउँपालिका वडा नम्बर–३, मा झड्प हुँदा सोही ठाउँका बिजु भनिने विजय खत्री घाइते भएका हुन ।

खत्रीको निधारमा खुकुरी प्रहार गरिएको र उनको स्थानिय एक मेडिकलमा उपचार भै रहेको प्रहरीले जनाएको छ । दुइ समुहका यूवाहरु बिच खुकुरी हानाहान भएपछि घटना स्थलमा भएका मानिसहरुको भागाभाग मच्चिएको प्रत्यक्ष दर्शी इशोर रानाले जानकारी दिए ।

‘एक थरी यूवाहरु पसल अगाडी कुरा गर्दै थिए । अर्को थरी यूवाहरु एक्कासी आएर खुकुरी हाने,‘उनले भने, ‘अनी आसपासमा मान्छेहरु भागाभाग गर्न थाले ।’

उनीहरु बिच ठेक्कापट्टाको कमिसन रकम बाँडफाँडको बिषयलाई लिएर झड्प भएको बुझिएको छ । तर प्रहरीले भने यसबारे आफुलाई कुनैपनि जानकारी नभएको बताएको छ ।

पुरानो रिसिबिका कारण झड्प भएको हुन सक्ने इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पोषण थपलियाले बताए ।

उता, जिल्ला प्रहरी कार्यलाय बाँकेका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास खड्काले भने पिडित र पिडक एकै समूहको भएका बताए । घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनको भनाईछ ।

प्रहरीले २ वटा मोटरसाईकल र एक थान खुकुरी समेत बरामद गरेको छ ।

प्रकाशित मितिः बिहिबार, साउन १५, २०७७     5:50:46 PM
error: Content is protected !!