☰ open Loading... 6 August 2020|   बिहिबार, साउन २२, २०७७

हप्तादिनमा बाढीपहिरोले कर्णालीमा ३५ ज्यान लियो

  |

असार १६-बाढी र पहिरोमा परी पछिल्लो एक महिनामा कर्णाली प्रदेशमा ३५ जनाको मृत्यु भएको सरकारी तथ्याँक छ ।कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जाजरकोटमा १५ जना, कालीकोटमा १३ जना, रुकुम–पश्चिममा ४ जना, सुर्खेत, दैलेख र सल्यानका एक/एकजनाको बाढी र पहिरोमा परी मृत्यु भएको जनाएको छ। प्रदेस प्रहरी प्रमुख बसन्त पंन्तले मनसुन सुरु भएयता पहिरो र बाढीमा परेर प्रदेशमा ९ जना अझै बेपत्ता रहेका जानकारी दिनुभयो ।

कालीकोटमा ७ जना र जाजरकोटमा ३ जना बेपत्ता भएको उहाँको भनाई छ ।बाढीपहिरोले कालीकोटका ४४ घरका २६५ जना विस्थापित भएका छन । रास्कोट नगरपालिकाका १३ घर, सान्नी त्रिवेणी गाउँपालिकाका ५ घर र नरहरिनाथ गाउँपालिकाका २५ घर विस्थापित भएका छन् । उनीहरुमध्य केहीलाई विद्यालय र केहीलाई पाल टाँगेर जंगलमै राखिएको स्थानियय प्रशासनले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७     8:24:28 PM
error: Content is protected !!