☰ open Loading... 19 April 2024|  

कर्णालीमा बाढीको वितण्डा : प्रदेश सरकारको तयारी कागजमै सिमित
  | १६ श्रावण २०७७, शुक्रबार २३:०५

सुर्खेत । मंगलबार राति कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरो गयो । पहिरोमा परी नरहरिनाथ ७ का एउटै घरका ७ जना सहित ८ जनाको मृत्यु भयो । सोमबार राती देखी रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–९ स्यालामा पहिरोले एक घर बगाउँदा दुईजनाको मृत्यु भयो ।

सोमबार राती देखी शुक्रबार सम्मा कालीकोटका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भै सकेको छ भने बेपत्ता ७ जना अझै फेला परेका छैनन् । कर्णालीमा विपद् व्यवस्थापन सम्बन्धी पूर्व तयारी नहुँदा घटना भइहाले पनि तत्काल उद्धार र उपचार तथा राहतमा ढिलाइ हुने गरेको छ । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढे पनि कर्णालीमा भने पूर्वतयारी शुन्य छ ।

प्रदेशमा भौगोलिक विकटताका कारण उद्धारमा समेत कठिनाइ हुने गरेको छ । प्रदेशका दशओटै जिल्ला बाढी र पहिरोको जोखिममा रहेका छन् । कर्णाली प्रदेश सरकारले बाढी र पहिरो जन्य विपद्को पुर्वतायारीका लागी भनै गरेका एक दर्जन निर्णयहरु कागजमै सिमित छन ।

गत असार २९ गते कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले दर्जन निर्णय गरेको थियो । प्रदेशमा बाढी, पहिरोको जोखिममा रहेकाहरुलाई मनसुन अवधिभर सुरक्षित स्थानमा सारिने देखी प्रदेशका ७९ वटै स्थानीय तहमा विपदमा परेकाहरुको तत्काल उद्वारका लागि ‘टास्क फोर्स’ गठन गर्ने निर्णय गरियो । तर १८ दिन बित्दा पनि निर्णयहरु कागजमै सिमीत छन ।

प्रदेश सरकारले विपदमा परेकाहरुको तत्काल उद्वारका लागि गठन गर्ने भनेको ‘टास्क फोर्स’ बारे आफुलाई कुनै पनि जानकारी नभएको वीरेन्द्रनगर नगरपालिकाका कार्यबाहाक नगरप्रमुख मोहनमाया ढकालले बताईन । ‘नगरपालिकाले आफनै तरिकाले नगरस्तिरीय विपद् व्यवस्थापन टिम गठन गरेका छौं । तर प्रदेश सरकारले गठन गर्ने भनेको ‘टास्क फोर्स’ बारे कुनै पनि जानकारी आएको छैन ।’ उनले भनिन् ।

प्रदेश सरकारका संयन्त्रहरु भने उक्त निर्णय कस्ले कार्यान्वयन गराउने भन्ने बारे नै अन्योलनमा छन । विपद् व्यवस्थापन र पुर्वतायारीका लागी के कस्तो तयारी छ ? भनेर मन्त्रालयहरुलाई सोध्दा एकले अर्कालाइ देखाएर पञ्छिन थालेका छन ।

‘माननिय मुख्यमन्त्री ज्यूको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक बस्छ,’ आन्तिरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुल खड्काले भने,‘यसको बारेमा मुख्यमन्त्रालयमै सोध्दा राम्रो हुन्छ ।’

उता, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्त केशवराज उपाध्यायले भने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितीले उक्त निर्णय कार्यान्वय गराउने बताए ।

प्रदेश सरकारसँग प्रदेशका कति बस्ती बाढी र पहिरोको उच्च जोखिममा छन् भन्ने तथ्याङ्क समेत छैन । सरकारसँग भरपर्दो तथ्याङ्क नहुँदा ठोस योजना समेत बनन् सकेको छैन । मन्त्री भण्डारीको संयोजकत्वमा रहेको कार्यकारी समितिले मातहतका सरोकारवाला निकायलाई निर्देशन दिने बाहेक थप काम गर्न सकेको छैन ।

मनसुन सुरु भएयता ३५ जनाको मृत्यु

कर्णाली प्रदेशमा मनसुन सुरु भएयता बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसोसम्म जाजरकोटमा १५ जना, कालीकोटमा १३ जना, रुकुम–पश्चिममा ४ जना, सुर्खेत, दैलेख र सल्यानका १÷१ जनाको बाढी र पहिरोमा परी ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

केही दिनयता परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा ९ जना बेपत्ता भएका छन् । कालीकोटमा ७ जना र जाजरकोटमा ३ जना बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । यो अवधिमा पहिरोमा परेर २५ जना घाइते भएका छन ।

कालिकोटका ४४ घर बिस्थापित

बाढीपहिरोका कारण कालिकाटका ४४ घरका २६५ जना बिस्थापित भएका छन । गत सोमबार देखी परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँका ४४ घर बिस्थापित भएको सहायक प्रमुख जिल्ला अधिकारी यूवराज गुरागाईले जानकारी दिए ।

गुरागाँईका अनुसार रास्कोट नगरपालिकाका १३ घर, सान्नी त्रिवेणी गाउँपालिकाका ५ घर र नरहरिनाथ गाउँपालिकाका २५ घर बिस्थावित भएको छन । उनिहरु केहीलाई विद्यालयमा राखिएको छ केहीलाई पाल टांगेर जङ्गलमै राखिएको छ ।

उनिहरुको राहात र व्यवस्थापन भने स्थानिय पालिकाहरुले गरिहरेको सहायक प्रमुख जिल्ला अधिकारी गुरागाँइले जानकारी दिए । घटना स्थलमा नेपाल प्रहरी, शसत्र प्रहरी र नेपाली सेनाको टिम खटाईएको छ ।

असार १५ देखी श्रावन १६ सम्मा जिल्लामा १६ जनाको मृत्यु भएको छ भने ६ जना बेपता रहेको सहायक प्रमुख जिल्ला अधिकारी गुरागाँइले जानकारी दिए ।