☰ open Loading... 16 April 2024|  

च्याउ खेतीबाट बर्दियाका किसान मनग्य आम्दानी गर्दै
  | १८ श्रावण २०७७, आईतवार १९:११

नवराज सुवेदी / बर्दिया । यतिबेला कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट विश्व प्रभावित भएको छ । लामो लकडाउने मानिसहरु महिनौ सम्मा घर भित्रै थन्किए । व्यपार व्यवसाय ठप्प छ । मान्छेलाई दैनिक चलाउन समेत हम्मे हम्मे भएको छ । तर बर्दियाका केही किसानहरुलाई भने न त कोरोनाले नै छोयो । नत लकडाउन नै लाग्यो ।

सुन्दा अच्च लाग्न सक्छ तर यो सत्य कथा हो । यो कथा हो बढैयाताल वडा नं. ३ बर्दियाका सुरेस चौधरीको । चौधरीले आफनै घरमा च्याउ खेती गरेर महिनामा लाखौंको आम्दानी गर्दै आएका छन । मेहेनत गरे माटोमै सुन फलाउन सक्छि भन्ने मान्यताका चौधरी च्याउ खेतीबाटै सुन देखी सुनको जोहो गर्दै आएका छन ।

बन्द कोठामा गर्न सकिने च्याउ खेती किसानका लागी वर्दान भएको चौधरी बताउँछन । ‘बजारमा मुल्य पनि राम्रो छ । नत कुनै किरा फट्याङग्राले सताउँछ । नत कुनै ठुलै महामारी आइ हालेपनि प्रभावित हुन्छ ।’ उनले भने,‘च्याउ खेती त किसानका लागी बर्दान रहेछ ।’

स्वदेशमै मेहेनत गरे बार्षिक करोडौं आम्दानि गर्न सकिने कृर्षक चौधरीले बताए । ‘हामीलाई किन बिदेश जानु प¥यो । मेहेनत गरे आफनै माटोमा डलर फल्दो रहेछ ।’ उनले थपे, ‘अवका यूवाहरुको सपना खाडीमा गएर भाँडा माज्ने हैन । आफनै खेलमा दुइ÷चार चनालाई रोजगारी दिने हुनुपर्छ ।’

एक बिगाहा जग्गमा च्याउ खेती गरेका चौधरीको केही दिन अगाडी आएको बाढीले ठुलो क्षती गरेको छ । झण्डै ६ लाखको घाटा लाग्ने अनुमान गरिएको चौधरीले बताए । तर पनि चौधरी निरास भने भएका छैन्न ।