☰ open Loading... 19 April 2024|  

आज राति थोरै ठाउँमा ठूलो पानी पर्ने
  | २० श्रावण २०७७, मंगलवार ११:४७

सुर्खेत ।  आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज राति देशभरिकाे मौसम सामान्य बदली भई प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थेरै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मञ्‍जु बासीकाअनुसार देशका अरु ठाउँमा पनि हल्कादेखि मध्य खालको वर्षाको संभावना छ ।

राति पूर्वबाट ठूलो पानी पार्ने प्रणाली प्रवेश गरेर पश्चिम सर्ने क्रममा भोलि प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको उहाँले जानकारी दिनुभयो ।

आज दिउँसो भने देशभरिकाे मौसम सामान्य बदली भई देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने उहाँले बताउनुभयो ।

अहिले भने धेरै ठाउँमा पारिलो घाम लागेको छ । केही ठाउँको मौसम बदली भएको छ ।