☰ open Loading... 1 October 2020|   शुक्रबार, अशोज १६, २०७७

नारायण सेनेटरी प्याड काण्ड, फिर्ता लिईयो सेनेटरी प्याड

  |

गोविन्द केसी/दैलेख । नारायण नगरपालिका शिक्षा शाखा मार्फत नगरपालिकाभित्र रहेका निम्नमाध्यमिक विद्यालय र माध्यमिक विद्यालयका लागि झिकाईएको सेनेटरी प्याड फिर्ता लिईएको छ ।

विद्यालयहरुमा दिईएको सेनेटरी प्याडबारे समाचार सार्वजनिक भएसंगै जिल्ला प्रशासन कार्यालयमा दैलेखले पनि छानविन गरिरहेको छ तर, छानविनकै क्रममा रहेको सेनेटरी प्याड शिल गरिएको स्थानबाट विक्रेताले महावु गाउँपालिका लगेको हो ।

त्रिभुवन माध्यमिक विद्यालय दैलेख बजारमा समाचार प्रकाशनपछि शिल गरिएको सेनेटरी प्याड ट्याक्टरमा हालेर महावु गाउँपालिका लगिएको हो । विद्यालयका प्रधानाध्यापक निरक तारामीले विद्यालयमा उनीहरुले आफुखुसी सेनेटरी प्याड राखेका थिए फेरी विवाद भएपनि विद्यालयबाट लगेको बताए ।

नारायण नगरपालिकाका १७ विद्यालयका लागि सेनेटरी प्याड नगरपालिकाको शिक्षा शाखाले हस्तक्षेप गरि खरिद गरेको थियो । अहिले यो विषय छानविनको दायरामा आएपछि विद्यालय लगिएको प्याड सप्लायर्सले फिर्ता लगेको हो । २१ लाख ७९ हजार रुपैँयामा नगरपालिकाका विद्यालयहरुमा प्याड खरिदका लागि रकम पठाईएको थियो ।

नगरपालिकाले बढी मुल्यमा प्याड खरिद गरेर विद्यालयसंग समन्वय नगरि पठाएपछि विवाद सुरु भएको हो । नगरपालिकाले विद्यालयका प्रधानाध्यापकहरुलाई नगरपालिकामा बोलाएर जवरजस्ती किन्न दवाव दिएको श्रोतले जानकारी दिएको छ । शिक्षा शाखा प्रमुख हिमालयजंग शाहीले केही नजिकका प्रधानाध्यापकहरुलाई आफ्नो पक्षमा पारेर सेनेटरी प्याड खरिदमा आफुहरुले गरेको बोल्न लगाएका छन् ।

जो प्रधानाध्यापकहरु लामो समयदेखी सदरमुकामभित्रका विद्यालयमा सुविधा लिएर बसिरहेको छन् । सुविधा पाएर नजिक बसेकाहरुले शिक्षा शाखाको सर्पोटमा सार्वजनिक अभिब्यक्ति दिने गरेको समेत पाईएको छ ।

पश्चिमनेपाल डटकमले पहिलो पटक सेनेटरी प्याड खरिद प्रकृया गलत भएको यसलाई सुधार गरि प्रतिष्पर्धात्मक हुनुपर्ने आवाज उठाएको थियो । नगरपालिकाले पनि आफुहरुले खरिद प्रकृया गलत भएको स्विकार गरिसकेको छ ।

प्रतिष्पर्धामा सवैभन्दा सस्तो रेटमा सेनेटरी प्याड खरिद गरि विद्यालयहरुले एकै मुल्यमा, गुणस्तर सामान पाउनुपर्ने विद्यालयका प्रधानाध्यापकहरुको भनाई छ ।

प्रकाशित मितिः मङ्लबार, साउन २०, २०७७     6:49:49 PM
error: Content is protected !!