☰ open Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७

सल्यानमा एकहप्ता अगाडी कांग्रेस प्रवेश गरेकाहरु पुनः नेकपामा फर्किए

  |

सुर्खेत । सल्यानमा एकहप्ता अघि नेपाली कांग्रेसमा प्रवेश गरेका नेकपाका कार्यकर्ता पुनः नेकपामै फर्किएका छन् । बनगाड कुपिण्डे नगरपालिकाका १५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

कांग्रेसले नगर कार्यसमिति भेला गराएर उनीहरुलाई पार्टी प्रवेश गराएको थियो । त्यसमध्ये अधिकांश नेकपाका कार्यकर्ता भएको कांग्रेस सल्यान जनाएको थियो । तर पार्टी प्रवेशको एकहप्ता नवित्दै उनीहरु नेकपामा फर्किएका हुन् ।

नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक तथा सल्यान ‘क’ का सांसद गुलावजंग शाहले नेकपाका कार्यकर्ता पुनः नेकपामै फर्काइएको बताए । यसअघि उनीहरुलाई कांग्रेस नेता डिल्लीराज रेग्मी, केशबहादुर विष्ट, निमबहादुर वली र सुरेश अधिकारीले पार्टी प्रवेश गराएका थिए । तर प्रवेश गराएको एकहप्ता नवित्दै ८१ जना पुनः नेकपामै फर्कीएका हुन ।

बनगाड कुपिण्डे–८, बावियाचौरमा एक कार्यक्रमको आयोजना गरी सांसद शाहले उनीहरुलाई पुनः पार्टीमा फर्किएको घोषणा गरेका हुन् ।

प्रकाशित मितिः बुधबार, साउन २१, २०७७     12:48:30 PM
error: Content is protected !!