☰ open Loading... 1 October 2020|   शुक्रबार, अशोज १६, २०७७

खल्तीमा बोकेको गणतन्त्रले जनताको भलो छैन

  |

 

 


खुसीका रहर हरु
बाँढीको भेलमा छन।।
जनताका इच्छा आकान्छा
हरु बांलुवाको रेटमा छन ।।
अजमरि राजनितीका
हिमायतीहरु काटमार।।
चलाई कुर्सीको खेलमा
छन हरे दैव यो विडम्वना ।।

हजुर गणतन्त्र भनेको टुद पिपुल बाईद पिपुल फोर द पिपुल भनिन्छ ।तर नेपालमा भने एम्कीसवा सताब्दीमा टुद लिडर , बाईद लिडर फोर द लिडर बाट गणतन्त्रको थालनी हुन गई राखेको छ । जनताको बलीदानीले प्राप्त गणतन्त्र लिडरहरुको खल्तीको खाजा हुन पुगेको छ । स्थानीय तह देखी केन्द्र सम्म भ्रष्टाचारकाे चरम चुली छ । हिमाल भन्दा अग्लो तराई भन्दा फराकीलो पहाड भन्दा सुन्दर रुपले खेती पाती फलफुल भक्ती ध्यान भन्दा पर रही संस्थागत रुपले भ्रष्टाचार मौलाएको समाचारहरु हामी दीनान दीन पत्र पत्रिका अनलाइन सँन्चार सन्जालमा प्रशस्त सुन्न पाउदछौँ । भई राछ पनि त्यसै देश कोराेना महामारीले थील थीलो भएको छ । बालवालीकाको भविश्य अन्धकार भई रहेको छ । बृद्ध आमा बुवा दिदी बैनी दाजु भाई कोराेना बाट ७० सत्तरी जनाले मृत्यु बरण गरी सकेको अवस्था विद्यमान छ ।

रोजगारी गुमाई युवाहरु स्वदेश फर्की रहेका छन । युवा वेरोजगारीको चाङ्गलागी रहेको छ । महंगाईले आँकाश छोई राखेको छ । मट्ठीतेल डीजलको भाँउ बृद्धी भएको भएछ । खोला पैरामा डुवानमा परेका मृत्यु वरण गर्ने आमा बुवा दाजु भाई दीदी बैनीको कहांली लाग्दो अवस्था र होस गुमाएको राजनीतीले दुश्मन भारतले एक सय एक रणनिती अपनाई दिन दहाडै सिमा लुटी देश आक्रान्त बनाई राखेका बेला गणतन्त्रको धज्जी उडाई टुद लिडर वाएद लीडर फोरद लिडरको गन्धा खेलहरुमा दल हरुको राजनिती सिमीत हुन पुगी राखेको छ । जुन देशमा यो पद्धती बाट भिरव मागेको रकम बाट नेताले तलब खान्छन भने त्यो गणतन्त्रले जनताले केही पाउने अपेच्छा भने कोट बाँदरको हातमा नरीवल नै हो केनै हुन्छ र बाँदरले न आफ्नो घर बनाउदछ नत आफ्नै तर नेपालका बाँदर हरु अली शिक्षीत र विकशित अवश्य छन । यीनी देश विदेशबाट चोरेर भए पनि आफ्ना कार पजेरो बिल्डीङ्ग भवन रेस्टुरा ब्यक्ती पिच्छे गाडी , मोटर, स्कुल, कलेज, फरीयाको साईनो राखी जनता गण्डीकी,कोषी, मेची, देखी महाँकाली को भेलमा गरीव जनता हत्या हिन्सा बलत्कारको शिकारमा रोग, भोग, सोक ग्रस्त छन । तर हाम्रा देशका सिपालु बाँदर हरु विदेश बाट स्वदेश फर्कने दाजु भाई दिदी बैनी हरु बाट जहाँजको दोब्वर तेब्वर भाँडा उठाई कार पजेरो मोटर र सुरा सुन्दरीमा मस्त रही बाँचेका छन ।

राम भक्त हनुमान पनि बाँदर थिए तर छाती चिरेर सिया राम मुटुमा देखाई दीए । श्रीलंकाको समुन्द्रमा राम नामको ढुँगाले सजीएको पुल बनाई दम्भी पांपीस्ट रावणको पापको घैटा फोडी असत्य माथी सत्यको विजय गराए ।धर्म सतातनको उजागर गरे बाँदर त यहाँका पनी रातै देखीन्छन ।तर जहाँ जहाँ खेती बारी त्यही उखेल्छन । जहां जहां रुप्या पैसा त्यही सोझीइन्छन यही कोरना कहरमा चाइनाले कीटद र माक्स बाट खरवौ आम्दानी गरीरहदा नेपालले करोडौँको तरकारी कात्र नेपाल भित्रयाईएका उदाहरण छन । कोरना नियन्त्रणमा लीन बुद्धीमानी पहल कदम नचालीईदा विदेश बाट नेपाली आमा बुवा दाजु भाई दीदी बैनीका लाश दर्जनौ दर्जनका हिसाबले जहाजमा आउने गरेका छन ।

संकृष्ट र परम परागत सोचका नितीज्ञका खल्तीमा बोकेको गणतन्त्रले देश विकाश त दील्ली बहुत दुरकी बात है तर देश नेपाल रहन्छकी रहदैन भन्ने प्रश्न खडा हुन थालेको छ । यी दलाल हरुले गणतन्त्र ल्याएको हौन जनताले गाण्तन्त्र ल्याएको हो ।तर संघीयता भने दलाल हरुकै एजेण्डा हुन जनताका एजेण्डा होइनन् । किनत भन्दा आफ्ना भाइ भार दार नाता गोता झोले मेखले हरुको भर्ती केन्द्रका रुपमा संघीयता ल्याईएको हो जनताले चाहेका होइनन् । राजा ज्ञानेन्द्र शाह महंगो भयो भनी फलेका जनताले अराजक पद्धतीको अन्त गरी शुख शान्तीको पद्धती लागु भयो भन्ने बेलामा विकाश त आंकाश को फल आँखा तरी मर जस्तै भयो ।तर यहांत खुट्ठामा चप्पल लगाउन नसक्ने क्षमता भएका र हिजो खेतमा तातात गरी ठुलो डाँको गोरु जोत्नेहरु आजका मुख्य मन्त्री सांन्सद छन । तिनैका नाता गोता भाई भतीजा भान्जा भान्जी नाता फरीयाहरु पहाड तंंराई हिमाल मधेसमा कार पजेरो जग्गा जमीन र विल्डीङ्गका मालीक बनी राखेका छन । सय कडौ वस कार जिप संन्चालन गरी राखेका छन ।

यी परम परागत मकैमा लाग्ने खुमल्टे किराहरु बाट जनताले विकाश र निकांश चाहेको हो भने त्यो त दीवा स्वप्न मात्र हो । जब कोही जनता कर्मचारी पहुँचमा छैन भने त्यसैलाई कानुन लाग्ने हो त्यही भ्रस्ट्राचारमा जाक्कीने हो ।निर अपराधि अपराधमा जकक्कीने हो कीनत भन्दा कली कालमा अपराधि हरुको कित्ता पन्चानब्वे प्रतीशत राम्रो भनेको पाँच प्रतिशत त्यसमा पानी खान नपाउने लाउन नपाउने को संख्या अढाई प्रतीशत मध्यवर्गी अढाई प्रतीशत जो वर्गले चरा मुसा गरीव गुर्दा चोर छिनार जांली कपटी हुल्याहा छुल्यांहा कुरौटे बसी खाने देखी लीएर सुती खाने सम्मलाई पाल्नु पर्दा र धर्म सनातन पनी त्यही वर्गले बचाई दीनु पर्ने पिडाले मध्यवर्गी बडो मारमा परेका छन । नङ्गा कुदै मैदान भन्ने प्रणालीको सिकार बन्न पुगेका छन । यो देशमा दलको सरकार छैन पार्टीको सरकार छैन यहाँत ब्यक्तीको खल्तीको गणतन्त्र चली राखेको छ ।
कुन गुट कुन ब्यक्ती हात्ती हुने र देशमा लुटमार र देश कंगाल बनाउने निती हावी भएको छ । यि मुसाहरु बाट देशले निकाश र विकाशको इच्छा राख्नु त आंकाशको फल आँखा तरी मरको दन्त्य कथा मात्र हो ।जनताले २०० जनाले बाढी पैरोमा ज्यान गुमाए उठीवास भए गांस कपासको प्रत्याभुती छैन । सईकडौ मान्छे कोरना कहरमाआत्म हत्या गरेर मरे वास्तै छैन । हजारौ न हजार मान्छे कोरना कहरले पीडीत छने । सुनुवाई हुने हैन , विदेश वाट सईकडौ मान्छेका लास आई राखेका छन । ब्यवस्थापन छैन तर कुर्सी ताना तान र व्यक्तिबादी राजनितीले भने ६ महीना सम्म चर्चा पाई राखेको छ । कहीले पार्टी जुटछ कहीले एक हुन्छ कहीले चिरा चीरा यो कुन कित्ता र कुन सिस्टमको चर्तीकला हो त्यसैका लागी मात्र जनताले अवश्य भोट दीएका हैनन होलान । तपाईहरुको पाँच वर्षे निर्वाचन लोकसेवानै नलडी ताली बजाएर भत्ता खाने तलब खाने डोजरे विकाश गरी देश खुकुलो बनाउने र जनताको गरीवीलाई तलातलमा पु¥याई फुटी कडौ विकाश नगरी देशको हरी विजोक गर्न अवश्य जनताले तपाई प्रती निधि अवश्य चुनेका होइनन जनताले शान्ती शुसासन अमन चयन विकाश र शिक्षा पद्धती राम्रो गर भनेर तपाईलाई चुनेका हुन यदी देश लुटेर पैसा कमाएर गरीबको घोडा चढने निती अबश्य तपाईहरुले लिएकै हो भने जनताले राण ढालेकै हो पंन्चायत ढालेकै हो , विचको प्रजातन्त्र फालेकै हो। जनमारा युद्धलाई साथ दीए कै हो गणतन्त्र ल्याएकै हो । तर तपाईका आसेपासे नाता गोता भरीया फरीयालाई भर्ती गर्ने गणतन्त्र होइन न्याय शुसासन विधायस विकांश र समबृद्धी को लागी ल्याईएको गणतन्त्र अबश्य गनआउन थाले पछि यत्ती महंगो संघीय सासन कर तीरी तपाईलाई महंगा महंगा गाडी चढ्न महंगा महंगा विल्डीङ्ग बनाउन नाता गोताको विकाश दीन दुई गुना रात चौगुना गर्न तपाई नौकर हरुलाई पठाईएको हैन । तपाईको जागीर विना लोकसेवा वनाई दिन तपाईहरु लाई पढाईको होइन तपाईलाई त देशमा शान्ती शुसाशन अमन चयन कायम गर्न , देशको रक्षा गर्न गरीवलाई शिक्षा रोजगार शुख शान्ती शुब्यवस्था को लागी जनताका नौकरका रुपमा मात्र पढाईएको होतर तपाईहरु अवश्य जनताका भाले मालीक बनेकै हौ भने जसरी जनताले राणा पन्चायत , प्रजातन्त्र ढाली गणतन्त्रको थालनी गरे त्ही अवस्था तपाई भाँले हरुको नहोला भनन सकीइदैन जनता प्रतडीत भएका छन कही भ्रष्टाचारका विरुद्ध सडकमा उत्रेका छन ।

कही तपाई पाखण्डी हरुलाई कही थप्पड लगाएकै छन । कही ताला बन्दी गरेकै छन । कही तपाईहरुका पाखण्ड रेड हैण्ड पक्रेकै छन ।तर तिम्रा छुद्रमती भने भलाई तर्फ भन्दा अषाड मशान्त पछि उजल जनताको करबाट लुटेका पैसाले काठमान्डौको गल्ली गल्लीमा खसी कुखुरा सोमरष धोकेको अवश्य पनि नेपाली जनताले गहीरो रुपमा नियाली रहेका छन । अली पर्ख पापको धनले उम्लेका तिम्रा बुद्धी रांक्षश रावण लाई रामका तिखा वाणले मारे जस्तै गरीव जनताको कर असुली गरी मस्ती गर्ने तपाई लाई शनिदेवको न्याय चक्रले अवश्य कुकुर सावित गराउने छ । सत्य मेव विजयते अवश्य एक दीन सत्यको विजय हुनेनै छ । एका तर्फ जनता बांढी पैरोमा ज्यान गुमाएका छन । अर्को तर्फ जनता कोरना कहरको मारमा छन अर्को तर्फ जनताका छोरा छोरीको पढाई नपाएर विचल्लीमा छन। अर्को तर्फ जनताका छोरा छोरी रोजगारी नपाई वेरोजगारको शिकार हुन पुगेका छन । अर्को तर्फ गरीवीको चपेटामा जन जीवन अस्त व्यस्त छ । दुश्मन भारतले नेपालका भुमी देशै भर कब्जा गरी रहेको छ ।  राष्ट्र राष्ट्रियता र जनताको शान्ती शुसाशन विकाश र अमन चयनका मुद्धा धोती लगाई तपाई गृह मेघी मृग मायाको शिकारमा रुमलीई राख्ने ब्यक्ती वादी गणतन्त्रका दलाल हरुलाई कर तिरेर सेतो हात्ती पाल्न नेपाली जनता बांध्य हुने छैनन ।

अति भयो अती अतीको विकल्प नेपाली जनता रोज्नेछन । तपाई खीयां लागेका गाडी बाट जनताले सेवा नपाउने बुझी सकेका छन , कागजको खल्तीमा लुकाएको गणतन्त्र जनताले मान्नै पर्छ भन्ने केही छैन तपाई पाखण्डको प्रायश्चित गर्न जनताका रोजगारी, शिक्षा , उद्योग कलकार खाना , योजना दीगो विकाशका दृघ कालीन योजना ल्याउनु होस अन्याथा तपाई परोप काराय पुण्यााय पापाय परिपिडनम भित्र पर्नु नै हुने छ भन्दै लेखक समेतका जनता विट मार्दछौँ ।।
 

लेखक
रण बहादुर ऐरी
कार्यालय प्रमुख
खा.व्या.तथा व्या.क.ली.
शाखा दैलेख






प्रकाशित मितिः सोमवार, साउन २६, २०७७     10:48:23 PM
error: Content is protected !!