☰ open Loading... 19 April 2024|  

सल्यानको छत्रेश्वरि गाउँपालिकामा नेकपाको हस्तक्षेप
  | २७ श्रावण २०७७, मंगलवार २०:४७

२७ साउन, सल्यान :सल्यानको छत्रेश्वरि गाउँपालिकामा करार कर्मचारीको विषयमा उत्पन्न विवादमा नेकपाले हस्तक्षेप गरेको छ। नेकपा छत्रेश्वरि गाउँकमिटीले पत्रकार सम्मेलन गर्दै हस्तक्षेप सुरु गरेको हो।गाउँपालिकाको कार्यपालिकामा १० जना नेकपा समर्थित जनप्रतिनिधि हुदाहुदै नेकपाले आफै हस्तक्षेप सुरु गरेपछि नेकपाको आलोचना समेत सुरु भएको छ। गाउँपालिकामा भैरहेका विषयबस्तु हरुको जानकार लिन सबैले पाउने भएतापनी सत्ताको दम्भका कारण नेकपाले हस्तक्षेपकारी भुमिका खेलेको पाइएको छ।

गाउँपालिकामा भएका बिवादहरु गाउँपालिकाको कार्यपालिकामा छलफल हुने ब्यबस्था हुदाहुदै पनि नेकपाले आफू निकड जनप्रतिनिधि हरुलाई आफ्नो भुमिका र जिम्मेवारिमा हस्तक्षेप गर्दै अगाडि बढेको छ।
गाउँकमिटीका अध्यक्ष ओज बहादुर बुढाथोकीले पत्रकार सम्मेलनमा गाउँपालिकाको करार कर्मचारी, त्यहा भैरहेका कामकाज, र सवारी साधनको विषयमा ब्रेफिङ गरेका थिए। उनको कुरा अनुसार छत्रेश्वरि गाउँपालिकामा नेकपाबाट निर्वाचित जनप्रतीनिधि भन्दा नेकपा पार्टीनै हाबी भएको बुझिन्छ।

जनप्रतिनिधिले आफ्नै कार्यपालिका र गाउँसभा बहिस्कार तर पार्टिले पत्रकार सम्मेलन गर्नु उचित नभएको कांग्रेसबाट निर्वाचित एक जनप्रतिनिधिले बताएका छन। यसरी पार्टिले कार्यपालिकाका कुराहरुमा हस्तक्षेप सम्म गर्ला भनेर हामिले सोचेका थियनौ, दुख लाग्यो उनले भने।
सम्बाद र सहमतिको बाटो प्रसस्त हुदादुदैपनी नेकपा समर्थित जनप्रतिनिधिलाई आफ्नो कामै गर्न नदिई नेकपाले अनिर्णयको बन्दी बनाएको छ। नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु पार्टिको हस्तक्षेपका कारण गाउँपालिकाको कामै गर्न नसक्ने अबस्थामा पुगेका छन

यसरी पार्टीले हस्तक्षेप गर्दै जानेहो भने नेकपाबाट निर्वाचित पालिका हरुमा नेपाली कांग्रेसले हस्तक्षेप गर्दा अफ्ट्यारो पर्ने कांग्रेस नेताहरुको तर्क रहेको छ। जनप्रतिनिधि हरुलाई सहज रुपमा आफ्नो काम गर्नदिनु पर्नेमा कांग्रेस नेताहरुकोले जोड दिएका छन। सहमती र सहकार्यका प्रसस्त बाटाहरु हुदाहुदैपनी नेकपाको बखेडा झिकेर हस्तक्षेप निन्दनीय रहेको कांग्रेसले बताएको छ। यदि नेकपाको हस्तक्षप जारी रह्योभने कांग्रेस चुप लागेर नबस्ने एक नेताले तिखो खबरलाई बताएका छन।

गाउँपालिका अध्यक्ष सन्तोष केसिले सहमती हुदैगर्दा नेकपाले आफ्ना जनप्रतिनिधिलाई उचालेको आरोप लगाएका छन। मैले बारम्बार कार्यपालिकामा सहमतिको कुरालाई जोड दिए” तर नेकपा समर्थित जनप्रतिनिधि हरुले त्यो कुराको बेवास्ता गर्नु भो उनले भने।
हामी सबैकुरा गाउँसभा बाट टुंगाउने पक्षमा थियौ तर नेकपाको दम्भ र हस्तक्षप आफुले नसहने अध्यक्ष केसिले बताए। कार्यपालिकामा बिवाद हुनु स्वभाबिक कुरा भएको बताउदै अध्यक्ष केसिले नेकपाले कार्यपालिकानै हस्तक्षेप गर्न खोजेको प्रती दुख ब्यक्त गरे।

गाउँपालिकाले ४२ करोड बढिको अनुमानित बजेट गाउँसभामा पेस गरिसकेको छ। करार कर्मचारीको म्याद नथपिदा कर्मचारीहरु आन्दोलित बनेका छन।गाउँपालिका अध्यक्ष सहित कांग्रेसबाट निर्वाचित जनप्रतीनिधीहरु करार म्याद थप्ने पक्षमा छन भने नेकपा समर्थित जनप्रतिनिधि हरु त्यसको बिरोध गरेका छन। बजेट पास नहुदा गाउँपालिकाका नियमित कामकाज र बिकास निर्माणका कामहरु प्रभाबित बन्दै आएका छन।@तिखाे खबर