☰ open Loading... 26 October 2020|   सोमवार, कार्तिक १०, २०७७

सिडियो ढकालको पहलमा चीनले बाढीपहिरो पीडितलाई राहत दिने

  |

 

 

चौतारा । चीनको न्यालम क्यान्टीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकालाई खाद्यान्न सहयोग गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको विषेश पहलमा सो सामग्री न्यालमले दिन लागेको हो ।

चीनले २० टन चामल, दाल २ टन, फेस मास्क १० हजार पीस, सोलार लाइट २ सय पीस, टेण्ट २ सय पीस, ब्ल्याकेट ५ सय पीस दिन लागेको सिडियो ढकालले जानकारी दिए ।

भोटेकोसी र बाह्रबिसेमा बाढी र पहिरो गएर बाटो अवरुद्ध भएपछि केही हप्ता पहिलो न्यालमका समकक्षीसँग ढकालले खाद्यान्न सहयोग गरिदिन अनुरोध गरेका थिए ।

`बाढीपहिरोका कारण सडक अवरुद्ध भएको र खाद्यान्न ढुवानी गर्न समस्या भएको भनेर सहयोगका लागि आग्रह गरेको थिए सिन्धुखबरसँग कुरा गर्दै सिडियो ढकालले भने, अबका केही दिनमा ती सामग्री दिने कुरा चिनियाँ पक्षबाट आएको छ ।

यी खाद्य सामग्रीले बाढी पहिरोबाट विस्थापित भएका परिवारको जीवनयापनमा सहयोग पुग्ने ढकालको विश्वास छ ।साभार :सिन्धु खबर

प्रकाशित मितिः बुधबार, साउन २८, २०७७     9:36:32 PM
error: Content is protected !!