☰ open Loading... 1 October 2020|   शुक्रबार, अशोज १६, २०७७

सुर्खेत आसपासमा भोलीसम्मै वर्षा, सजकता अपनाउन मौसमविदको आग्रह

  |

सुशील खड्का
सुर्खेत । सुर्खेतसहित आसपासका जिल्लाहरुमा भोली पनि वर्षा हुने पूर्वानुमान गरिएको छ । मनसुनी न्युन चापीय रेखा हाल पश्चिम नेपाल नजिक दक्षिण तर्फ रहेकाले सुर्खेतसहित पहाडी र तराईका जिल्लाहरुमा भोली पनि वर्षा हुने पूर्वानुमान गरिएको हो ।


सुर्खेतसहित आसपासका जिल्लाहरुमा आज दिनभर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । ‘आज राती ठूलो वर्षा नभएपनि औसतमा वर्षा हुने सम्भावना बढी छ’ मौसमविद् पौडेलले भने, ‘खोला र नदीहरुमा बाढीको बहाव बढ्न सक्ने भएकाले तटिय क्षेत्रका बासिन्दाले उच्च सर्तकता अपनाउन आवश्यक छ ।’

अाज राती अतिभारी बर्षा हुने सम्भावना कम देखिन्छ तर धेरै स्थानहरुमा हल्कादेखि मध्यम र थोरै स्थानहरुमा ठूलो बर्षा हुने सम्भावना रहेकाे पाैडेलकाे भनाइ छ । कर्णालीका कालिकोट, सुर्खेत, दैलेख, जाजरकोट लगायतका जिल्लाहरुमा राती र भोली पनि वर्षा हुने देखिएको मौसमविद पौडेलले बताए ।

सुर्खेतमा आज ५३.८ मिलिमिटर वर्षा मापन गरिएको छ । वर्षा पर्ने क्रम जारी रहेकाले होचो क्षेत्र डुवान र पहाडमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन पौडेलले आग्रह गरे । ‘बिहीबार केही बेर पानी पर्ने र पुनः घाम लाग्ने क्रम चल्ने देखिन्छ’ मौसमविद् पौडेल भन्छन, ‘शुक्रबारदेखि मात्रै पश्चिम क्षेत्रको मौसममा केही सुधार हुने सम्भावना छ ।’

प्रकाशित मितिः बुधबार, साउन २८, २०७७     7:10:42 PM
error: Content is protected !!