☰ open Loading... 19 April 2024|  

दैलेखमा निजि विद्यालयले उठाए शुल्क
  | २९ श्रावण २०७७, बिहीबार १४:१०

 

यामराज बिष्ट
दैलेख –सरकारले निजि विद्यालयलाई शुल्क नलिन निर्देशन दिएपनि दैलेखमा अधिकाँश विद्यालयहरुले धमाधम शुल्य लिएको पाईएको छ । शुल्य मात्रै नभएर अतिरिक्त शुल्कहरु कम्प्यूटर, खेलकुद लगायतमा लिएको पाईएको हो ।
कोरोना भाइरसका कारण विद्यालय बन्द भएका बेला शुल्क नलिन र विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । चैत्रदेखी शुल्क सहित अन्य शिर्षकमा अभिभावकबाट निजि विद्यालयहरुले शुल्क लिएको खुलेपछि अभिभावकहरु प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो पोख्न पुगेका छन्।

सरस्वती विद्या मन्दिर त्रिवेणी प्रा.ली नारायण दैलेखमा निजि विद्यालयले उठाएकाे शुल्क नगरपालिकाले अभिभावकबाट पुरै शुल्क सहित उठाएको विल समेत सार्वजनिक भएको छ । गत वर्षको २०७६ चैत्रसम्म परिक्षा भएकाले शुल्य लिन मिल्ने सरस्वती विद्या मन्दिरका अध्यक्ष वखत कटुवालले बताए । आफुहरुले बैशाख देखी नलिएको स्पष्ट पारे । अभिभावकहरुले भने चैत्र ११ गतेदेखी लकडाउन भएकाले शुल्क लिन नमिल्ने तर्क राखेका छन् । जिल्ला शिक्षा ईकाइ कार्यालयमा मार्फत त्यस्ता विद्यालयमाथि छानविन गर्नका लागि निर्देशन लिईने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए।