☰ open Loading... 1 October 2020|   शुक्रबार, अशोज १६, २०७७

हिराजडित झण्डै २० ताेला सुन बरामद, प्रहरी भन्छ प्रमाणित भएको छैन्

  |

सुशील खड्का
सुर्खेत ।
 जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार साँझ हिराजडित सुन वरामद गरेको छ । वीरेन्द्रनगर–३ जलेश्वर मन्दीर नजिकैबाट गएराती प्रहरीले झण्डै २० तोला सुन बरामद गरेको हो ।


विशेष सुराकीको आधारमा प्रदेश र जिल्ला प्रहरी कार्यालयको टोलीले सुन बरामद गरेको पुष्टी गरेपनि सुन नै हो भन्ने प्रमाणित नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले झण्डै १० थान सुनका बाला, झुम्का, क्लीप र कमलको फुल आकारको हिराजडित सुन बरामद गरेको जानकारी दिए ।

सुन लुकाएर राखेको अवस्थामा स्थानीय मनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले मध्यराती घटनास्थललाई सील गरेर आज विहानबाट थप सुन लुकाएको आशंकामा खोजविन जारी राखेको एसपी भट्टले जानकारी दिए । प्रहरी स्रोतका अनुसारका कम्तीमा २० तोला सुन प्रहरीले बरामद गरेको छ । सुन कहाँबाट कस्ले ल्यायो भन्ने नखुलेको र अनुसन्धान भइरहेको एसपी भट्टले बताए ।

प्रकाशित मितिः बिहिबार, साउन २९, २०७७     8:59:38 AM
error: Content is protected !!