☰ open Loading... 20 April 2024|  

विकास निर्माणको खर्च वितरण नदिएको भन्दै वडा कार्यालयमा ताला
  | १ भाद्र २०७७, सोमबार १९:४९

 

यामराज बिष्ट दैलेख – दुल्लु नगरपालिका वडा नम्वर ८ मा ताला लगाईएको छ।स्थानीयले बारम्वार विकास निर्माण लगायत अन्य कुरामा खर्च विवरण माग्दा समेत बेवास्था गरेको भन्दै ताला लगाएका हुन ।

स्थानीयले सुचना माग गरेर निवेदन बुझाई सकेपछि वडा अध्यक्ष टिकाराम थापाले दिने प्रतिवद्धता गरेर बेवास्था गरेको आरोप लगाएका छन् ।कार्यालयमा स्थानीयहरुले सरोकारवाला अध्यक्ष र सचिव नआएपछि आक्रोशित स्थानीयले ताला लगाएका हुन।

विकास निर्माणका योजनाहरु कसरी भए।खर्च प्रकृया कसरी भयो आदि कुराको सुचना माग्दा नपाएपछि आफहरुले वडा कार्यालयमा ताला लगाउन परेको र सुचना नपाउन्जेल ताला बन्द हुने उनीहरुले जनाएका छन् ।वडा कार्यालयले आफुहरुले सुचना दिने तर, ब्यस्तताको कारणले दिन नपाएको बताएको छ ।