☰ open Loading... 19 April 2024|  

एसईईकोनतिजा सार्वजनिक
  | २ भाद्र २०७७, मंगलवार ०५:१८

 

 


काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सोमबार साँझ सार्वजनिक गरेको छ ।यस वर्ष एसई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।

चैत ६ गतेका लागि निर्धारण गरिएको एसईई परीक्षा कोभिड–१९ कारण अन्तिम समयमा स्थगित भएपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा सार्वजनिक भएको हो ।

एसईईको नतिजा टेलिफोन, एसएमएस र वेबसाइटमार्फत हेर्न सकिनेछ ।