☰ open Loading... 25 April 2024|  

जिसस सदस्यसहित रुकुममा १०५ जना नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश
  | ७ भाद्र २०७७, आईतवार ०७:१५

 

रुकुम, भदौ ६-जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्यसहित १०५ जना नेकपाका कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पूर्व नेकपा माओवादी केन्द्रबाट जिल्ला समन्वय समितिमा निर्वाचित अमृत बोहरा (हरियाली) सहित १०५ जनाले आफ्नो पार्टीमा प्रवेश गरेको कांग्रेस जिल्ला उपसभापति धिरेन्द्र बटालाले जानकारी दिए ।
आठविसकोट नगरपालिका–३ स्यालाखदी घर भएका हरियाली सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)का कर्णाली कमिटी सल्लाहकार सदस्य हुन् । तीनै तहमा नेकपाको सरकार भए पनि नेताहरु जनताको पक्षकाभन्दा पनि आफ्नो व्यक्तिगत फाइदाका लागि मात्रै काम गरेकाले आफूले पार्टी छाडेको हरियालीले बताएका छन् । सर्वहारा वर्ग र गरिब, दलित, महिला, जनजातिको अधिकारका लागि युद्व लडेका नेताहरु अहिले भ्रष्टचारमा लिप्त भएर पैसा कमाउन लागेकाले नेकपामा रहेर जनता र मुलुकको पक्षका काम गर्न नसकिने उनको भनाइ छ ।
हरियालीसहित आठविसकोट नगरपालिकामा रामबहादुर रोकाय, शेरबहादुर आरसी, कलु पुरी, प्रेमबहादुर पुरी, डम्बरबहादुर शाह, धनसिंह बोहरालगायत १०५ जनाले आफ्नो पार्टीमा प्रवेश गरेको जिल्ला उपसभापति बटालाले जानकारी दिए । पछिल्लो समय आफ्नो पार्टीमा प्रवेश गर्ने युवाहरुको लहर चलेको उनको भनाइ छ ।

विशेष गरी द्वन्द्वको समयमा युवाहरुलाई रोजगारी, समानताको व्यवस्था गर्ने आवश्वासन दिएर युद्वमा सहभागी गराएपनि शान्ति स्थापनापछि त्यो सबै बिर्सीएर युवाहरुको भविष्य अन्धार बनाएको सभापति ओलीको आरोप छ ।

लोकतान्त्रिक विधिबाट जनता र मुलुकको विकास गर्दै देशमा भएका ठूला परिवर्तनको नेतृत्व गरेको आफ्नो पार्टीमा पछिल्लो समय रुकुम जस्तो ठाउँबाट नेकपा छाडेर युवाहरु प्रवेश गर्नेको लहर चलेको कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओलीको दाबी छ । नेकपाले विभिन्न आश्वासन दिएर युवाहरुलाई पार्टीमा सहभागी हुन बाध्य बनाए पनि पछिल्लो समय तीनै तहका सरकारले गरिरहेका कामबाट गलत आश्वासन मात्रै भएको पुष्टि हुने उन बताए ।
विशेष गरी द्वन्द्वको समयमा युवाहरुलाई रोजगारी, समानताको व्यवस्था गर्ने आवश्वासन दिएर युद्वमा सहभागी गराएपनि शान्ति स्थापनापछि त्यो सबै बिर्सीएर युवाहरुको भविष्य अन्धार बनाएको सभापति ओलीको आरोप छ । ‘स्थानीय तहको निर्वाचनमा युवाहरुलाई आफ्नो पार्टीको सरकार बनेपछि गाउँमै रोजगारीको व्यवस्था गर्ने आवश्वास दिइयो,’ सभापति ओलीले भने, ‘तर तीनै तहमा सरकारको नेतृत्व गरेका नेकपाका नेताहरु भ्रष्टचार र आफन्तलाई संरक्षण गर्ने बाहेक अरु केही काम गर्न नसक्दा युवाहरु कांग्रेसमा प्रवेश गर्नेको तहर नै चलेको छ ।’
कांग्रेस जनताको पार्टी भएकाले सधैं आफूले हारेर भएपनि मुलुक र जनतालाई जिताउँदै आएको उनको दावी छ । पछिल्लो तीन महिनामा रुकुमका विभिन्न ठाउँमा एक हजारभन्दा बढी नेकपाका कार्यकर्ताले आफ्नो पार्टीमा प्रवेश गरेको उनले जनाए । प्रवेश गर्नेहरुमा पूर्व माआवादी केन्द्रका युवाहरु बढी रहेको सभापति ओलीले बताए । नेकपाका नेताहरुलाई समाज र जनताको विकासप्रति चिन्ता नहुँदा आफूजस्ता हजारौं युवाहरुको भविष्य अन्धकार हुन बाध्य भएको मुसिकोटका दत्तबहादुर बोहराले बताए । देशमा भएका ठूला परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेकाले अब युवा बेरोजगारीको अन्त्य गरेर समृद्ध नेपाल बनाउनका लागि कांग्रेसले मात्रै सक्ने भएकाले सबै युवाहरुले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।आजको खबर बाट