☰ open Loading... 19 October 2020|   मङ्लबार, कार्तिक ४, २०७७

नदिमा नुहाउने क्रममा दुई बालक वेपत्ता

  |

 

 


दैलेख । कर्णाली नदीमा बगेर दुई बालक वेपत्ता भएका छन् । दैलेखकाे आठबीस नगरपालिका ४- भेल्तडीका दुई जना नदीमा नुहाउने क्रममा वेपत्ता भएका हुन।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार स्थानीय देव भन्ने ठाउँमा नुहाउने क्रममा आज दिउँस १ बजे वेपत्ता भएका हुन् ।वेपत्ता हुनेमा १४ बर्षीय भरत माझी र १३ बर्षीय विनोद माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी हरिबहादुर वलिले बताए ।

अहिले कर्णाली नदीमा वगेर वेपत्ता भएका दुईजनाको खोजी कार्य लागि राकमकर्णाली ईलाका प्रहरी कार्यालयवाट प्रहरी टोली खटाईएको प्रहरी प्रमुख डिएसपी वलीले जानकारी दिए।

प्रकाशित मितिः मङ्लबार, भदौ ९, २०७७     6:18:13 PM
error: Content is protected !!