☰ open Loading... 18 April 2024|  

कालिकोट पहिरोमा मर्नेको संख्या १० पुग्यो (थप अपडेट सहित)
  | १४ भाद्र २०७७, आईतवार २१:१७

 

                      नाग्मा बजार 

सुर्खेत –कालिकोटको तिलागुफा नगरपालिका १ स्थित नाग्म बजारमा आइतबार सुख्खा पहिरो जाँदा साँझ ८ ः ३० बजेसम्म १० जनाको मृत्यु भएको पुष्टि भएको छ । सुख्खा पहिरोले पुरिएर मृत्यु हुनेमा नाग्म बजारमा व्यापार व्यवसाय गर्दै बसेका बर्ष ४० का परेक शाही, उनको छोरा बर्ष ५ को निराजन शाही, उनको दुई महिनाको छोरा अक्कल शाही, ७ बर्षकी छोरी हिमा शाही रहेका छन् । यस्तै बर्ष ३५ मनबिर कटुवाल, बर्ष ४५ आईती खड्का, बर्ष ३० टेकबहादुर दमाई, बर्ष २५ छोईनो दमाई, बर्ष ६ को गजेन्द्र दमाई, बर्ष २३ अमृत थापा रहेका छन ।

यसअघि २ जनाको सकुशल उद्धार गरिएको छ । प्रहरीका अनुसार आइतबार बिहान डाँडाको ढिस्को फुटेर आएको सुख्खा पहिरोले ५ घर समेत पुरेको थियो।
जीवितै उद्धार हुनेहरूमा तिलगुफा ३ बस्ने एघार वर्षका अर्जुन हमाल र जुम्लाको हिमा गाउँपालिकाकी चंगा शाही रहेका छन्न् । ठुलो संख्यामा स्थानीय,नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका थिए ।