☰ open Loading... 18 April 2024|  

दशै अघि कक्षा१२काे परीक्षा नहुने
  | १६ भाद्र २०७७, मंगलवार १३:१४

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले कोरोना संक्रमणदर दिनहुँ बढिरहेकाले कक्षा १२काे परीक्षा दशैँअघि नहुने बताएका छन्‌।दिनप्रतिदिन काेराेना संक्रमितको संख्या बढ्दै जाँदा , दशैँअघि परीक्षा गराउने सम्भावना नरहेको पौडेलले बताए।

‘हामीले साउनमै दशैँअघि परीक्षा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गरेका थियौँ,’ तर अहिलेसम्म कुनै प्रतिक्रिया आएन, कोरोना संक्रमण झन्‌ बढ्दै गएको छ, त्यसैले दशैँअघि परीक्षा गर्ने सम्भावना नै छैन।

जिल्लामा कोरोना महामारी नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको, धेरै विद्यार्थीहरू गाउँमै रहेका र लामो दुरीको सवारी साधन चल्ने छाँटकाँट नदेखिएकाले परीक्षा सञ्‍चालन गर्न सम्भव नदेखिएको बोर्डका अधिकारीहरूले बताएका छन्‌।