☰ open Loading... 1 October 2020|   शुक्रबार, अशोज १६, २०७७

जुट्यो जेसिज दैलेख जिल्लालाई प्रचारप्रचार गर्न

  |

 

 

दैलेख । दैलेख जिल्लाको पहिचानमामा जेसिज लागिपरेको छ । जिल्लामा हुने गरेका कार्याक्रम होस् या कुनै नागरिकलाई आपत विपद्मासमेत सहयोग गर्दै आएको दैलेख जेसिजले जिल्लाको पहिचानको लागि जिल्लामा रहेका ऐतिहासिक पुरातात्वीक सम्पदाको पहिचानसँगै जिल्लाको पहिचानमा जुटेको हाे ।

जिल्लामा रहेकका सम्पदाको पहिचान गर्ने सके मात्र दैलेखलाई समृद्धीको बाटोमा लम्काउन सकिने कुराको हेक्का राख्दै जिल्लाभित्र भएका हरेक सम्पदा पहिचान गर्नुपर्ने भएकाले जेसिजले होडिङ बोर्ड राख्दै जिल्लामा प्रचारप्रचार अभियान थालिएको हो ।

जिल्लाका मुख्य ठाउँ गराँसे, डुङ्गेश्वर, बेलासपुरमा बोर्ड राखिएको दैलेख जेसिज २०२० का अध्यक्ष प्रकाश पौडेलले बताए । जिल्लाभित्र रहेका ऐतिहासिक सम्पदा झल्काउने चित्रसहितको होडिङ बोर्ड राखिएको छ ।

जिल्लामा विगतका वर्षहरुमा त्यति धेरै काम नभए पनि जेसिज २०२० ले भने कोरोनाको कहरमै पनि नागरिकलाई मौसमी रुघाखोकी, कोरोना लगाएतका अन्य धेरै रोगबाट बच्नको लागि सूचित पार्नेदेखि होडिङबोर्ड राख्नेसम्मका धेरै काम गर्दै आएको छ।

प्रकाशित मितिः बुधबार, भदौ १७, २०७७     7:36:48 AM
error: Content is protected !!