☰ open Loading... 13 October 2024|  

जनकपुरमा एक महिलाले जन्माइन् ४ बच्चा
  | १८ भाद्र २०७७, बिहीबार ०९:०८

 

 

धनुषा : धनुषामा एक मुस्लिम महिलाले चम्ल्याहा बच्चा जन्माएकी छिन् । विदेह नगरपालिका सात जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ काव्या अस्पतालमा चार शिशुलाई जन्म दिएकी हुन् ।



उनको उपचारमा संलग्न चिकित्सक सोनिया सिंहले चार बच्चा जन्मनुलाई दुर्लभ घटना बताएकी छन् । अरमानाले तीन छोरी र एक छोरा जन्माएकी हुन् । शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ ।जन्मिएकामध्ये तीन शिशु स्वस्थ छन् । एकको अवस्था अस्थिर छ । आमाको अवस्था भने गम्भीर रहेको छ ।