☰ open Loading... 19 October 2020|   मङ्लबार, कार्तिक ४, २०७७

कारागारमा कैदीबन्दीबीच झडप हुँदा २जना घाइते

  |

 

सुर्खेत, १७ भदौं ।जिल्ला कारागार सुर्खेतमा कैदीबन्दीबीच झडप हुँदा दुईजना घाइते भएका छन् । शेरबहादुर महतारा र सुनिल मल्लबीच सामान्य विषयमा विवाद हुँदा झडप भएको हो । उक्त झडपमा मल्लको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

झगडा छुटाउन गएका अर्का कैदी असिम खत्री पनि सामान्य घाइते भएका छन् । महतारा लागुऔषध र मल्ल जवरजस्ती करणी मुद्दामा कैद भुक्तानी गरिरहेका छन् । अहिले कारागारको स्थित सामान्य रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, भदौ १८, २०७७     5:09:57 PM
error: Content is protected !!