☰ open Loading... 20 April 2024|  

आठबिसकोट नगरपालिकाले नि:शुल्क कोरोना बीमा गर्ने
  | १८ भाद्र २०७७, बिहीबार १७:३५

 



रुकुम पश्चिम : जिल्लाको आठबिसकोट नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको निःशुल्क कोरोना विमा गरिदिने भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै सामुदायिक बिद्यालयका स्थायी, अस्थायी, करार शिक्षक र कर्मचारीहरुको निशुल्क कोरोना बिमा गर्न लागेको हो ।



सामुदायिक विद्यालयमा राज्य कोषबाट तलब भत्ता र पारिश्रमिक लिने शिक्षक तथा कर्मचारीको सामुहिक कोरोना बिमा अन्तर्गत १ लाख बराबरको निशुल्क कोरोना विमा गर्न लागिएको शिक्षा अधिकृत इन्द्र बिष्टले जानकारी दिए ।



विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको पत्र अनुसार शिक्षक तथा विद्यालयमा कार्यरत कर्मचारीको नि:शुल्क विमा कार्यक्रम अघि बढाइएको नगरप्रमुख गोर्ख बहादुर केसीले बताए ।



नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाबाट जारी सुचनामा विद्यालयको लेटर प्याडमा तोकिएको विवरण भरी सम्बन्धित विद्यालयको प्रअले प्रमाणित गरेर राष्ट्रिय बिमा कम्पनि लिमिटेडको शाखा सुर्खेतमा बुझाउन आग्रह गरिएको छ ।मध्यान्ह बाट