☰ open Loading... 1 October 2020|   शुक्रबार, अशोज १६, २०७७

स्वास्थ्य सामाग्री वितरण

  |

 

 

सुर्खेत -सडक डिभिजन कार्यालय सुर्खेतले सडक सफाइ कर्मचारीहरुका लागि स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेकाे छ । रत्नराज मार्ग र छिन्छु-जाजरकाेेट सडकखण्डमा काम गर्ने सडक सफाइ कर्मचारीहरुलाई उक्त सामग्री सहयाेग गरेकाे हाे ।
काेराेना भाइरसकाे त्राससँगै जाेखिम बढ्दै गएपछि दुईवटा माक्स र एउटा साबुन वितरण गरिएकाे सडक डिभिजन कार्यालयका निमित्त प्रमुख देवेन्द्र भट्टराईले जानकारी दिए।

यसभन्दा अघि बड्डीचाैरदेखि बांगेशीमलसम्मका सडक सफाइ कर्मचारीलाई स्वास्थ्य सामग्री वितरण गरिएकाे थियाे । अन्य सडक सफाइ कर्मचारीलाई पनि वितरण गरिने उनकाे भनाइ छ । स्वास्थ्य सामग्रीसँगै वितरणसँगै सुरक्षित रहेर काम गर्न सडक डिभिजन कार्यालयले सडक सफाइ कर्मचारीलाई अनुराेध गरेकाे छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ १९, २०७७     9:06:18 AM
error: Content is protected !!