☰ open Loading... 20 April 2024|  

काेरियाबाट मृगौला पिडितलाई सहयोग
  | २१ भाद्र २०७७, आईतवार १५:५४

 

यामराज बिष्ट दैलेख -राेजगारीकाे सिलसिलामा दक्षिण काेरियामा बस्दै आएका नेपालीहरुले मृगौला पिडितलाई सहयोग गरेका छन् । दैलेखकाे नाैमुले गाउँपालिका १ताेलिका मृगौला पिडित दुई दत्त प्रसाद ढकाल र नविना ढकाललाई दक्षिण काेरियामा रहेकाअभियान्ता बखत थापाकाे पहलमा २लाख९०हजार सहयोग गरेका छन् ।



प्रदेशमा रहेर पनि आफुले गरेको सहयोगले मृगौला पिडितकाे लागि केही सहयोग हाेस् भन्ने उदेश्यले सहयोग गरिएको समाजसेवी अभियान्ता बखत थापाले बताए।


काेरिया बाट पठाएको उक्त रकम मृगौला पिडित दत्त प्रसाद ढकाललाई हस्तान्तरण गर्दै लायन्स क्लब दैलेखका काेषाअध्यक्ष एवम् संञ्चारकर्मी अभिषेक अनुरागले प्रवाशमा रहेर मानवीय सेवामा समपित भई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।