☰ open Loading... 20 October 2020|   मङ्लबार, कार्तिक ४, २०७७

२६ किलो लागू औषध सहित ५ जना पक्राउ

  |

 


सुर्खेत -कर्णाली प्रदेश प्रहरीले विभिन्न स्थानबाट २६ किलो लागु औषध अफिमसहित पाँच जना पक्राउ गरेको छ ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं. पाँच जलिगार्डमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ९ का ३७ वर्षका प्रेमबहादुर सिंह, ४० वर्षका मानबहादुर सिंह, ३२ वर्षका तपबहादुर सिंहलाई १६ केजी लागु औषध (अफिम( सहित बरामद गरि भदौ २०गते रुकुमको जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोला बताए। 

 

 

त्यस्तै नलगाड नगरपालिका २ छेप्का स्थित सडकमा हिडिरहका अवस्थामा वडा नं. तीन चावले बस्ने ४२ वर्षका मनबहादुर विष्ट र जुम्लाको तातापानी गाउँपालिका वडा नं. पाँच बस्ने ५५ वर्षका हरिचन्द्र डाँगीसहित १० किलो लागु औषध अफिम ५१ हजार ९५० नगद र दुइ थान मोबाइलसहित पक्राउ गरिएको एसएसपी बास्तोलाले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, भदौ २१, २०७७     5:59:12 PM
error: Content is protected !!