☰ open Loading... 1 October 2020|   शुक्रबार, अशोज १६, २०७७

विरामीबाटै पैसा असुल्दै सहयोगी

  |

 

नवराज सुवेदी
नेपालगंज–नेपालगंजस्थित भेरी अस्पतालमा आफ्नो बुहारीका लागि प्रसुती गृह पुगेकी तुलसी चौधरीले सुत्केरी राख्ने वार्डमा सार्दा अस्पतालकै सुईपर (सहयोगी) ले पैसा मागेको गुनासो गरेकी छिन् । उनले बच्चा जन्मिएपछि अर्को वेर्डमा सादा समेत आफुहरु ५ देखी १ हजार रुपैँया अतिरिक्त रकम मागेको गुनासो गरेकी छिन् । सरकारी अस्पतालमा आउने विरामीहरुबाट सहयोगीले नै पैसा माग्न थालेको सुत्केरीका आफन्तले गुनासो गरे ।

अप्रसेन वा सामान्य अवस्थाबाट बच्चा जन्मिए लगत्तै अर्को बेर्डमा सार्दा सवैबाट पैसा माग्ने गरेको खुलेको हो । ‘१ सय रुपैँया दिदाँ मान्दैनन् ।’ एक सुत्केरीको आफन्त तुलसा चौधरीले भनिन् , ५ सय देखी १ हजारसम्म उनीहरुलाई सुत्केरी सार्दा अतिरिक्त रकम मागेर सताउने गर्छन् ।’ प्रसुतीका लागि भेरी अस्पताल आउने विरामीका आफन्तहरु सहयोगीबाट अतिरिक्त शुल्क धमाधम उठाएपछि मिडियामा आएका हुन् ।

क्याप्सन ः पश्चिम नेपाल डटकमसंग पैसा असुलेको बारे गुनासो गर्दै सुत्केरीको आफन्त तुलसा चौधरी ।

 

निशुल्क र सस्तो शुल्कमा आफ्नो उपचारका लागि आउने विरामीहरुबाटै सहयोगीहरुले पैसा असुल्न थालेपछि विरामीका आफन्तहरु आर्जित भएका छन् । विना कारण र असाय अशक्त विरामीबाट पैसा लिन दिन पाईने छैन् भेरी अस्पताल प्रशासनको ढोकामै सुचना टाँस गरिएको छ तर, सहयोगी मनलाग्दी तरिकाबाट पैसा असुल्दै आएका छन् । कसैसंग पनि पैसा लिन नमिल्ने तर, लिएको पाईएमा तुरुन्त कार्वाही प्रकृया बढाईने भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मितिः आइतवार, भदौ २१, २०७७     6:04:31 PM
error: Content is protected !!