☰ open Loading... 13 October 2024|  

रैथाने बहुबाली खेती प्रणालीबाट मनग्य आम्दानी (फोटो फिचर)
  | २३ भाद्र २०७७, मंगलवार ०७:५९

 

 

बिशाल सुनार (शब्द÷तस्विर) दैलेख
डुङ्गेश्वर गाँउपालिका – ६ पराजुल खोला किनारमा मिल, घट्ट चलाउदै जिवन यापन गर्दैै आएको दिपक कार्की आफ्नो व्यवसयमा रमाएका थिए । तर, एका एक २०७१ साल श्रवण महिनाको अन्तिम तिर आएको बाढिले उठिबास लगायो । ज्यान बाहेक मिल, घर, मेशीन सवै पराजुल खोलाले बगाएपछि उठिबास लाग्दा बिरक्तियका दिपक कामको खोजीमा सिम्ला पुगे । सोचे जस्तो र खोजे जस्तो सम्भव थिएन परिणाम स्वरुप बिभिन्न हण्डर खायर घर फर्र्किए । तर खाली हात खाली दिमाग लिएर हैन योजना सहित घर फर्किएका दिपकले योजना सुनाउदा परिवारको सदस्यलाई पत्यारै थिएन । आप्mनो खेर गै रहेको भिरालो र बाँझो जमिनमा पौरख देखाउने साहास जुटाएर आएका दिपक कार्कीले भुमिदेव एग्रीकल्चर उद्यम नामक फर्म दर्ता गरि खेती सुरु गरे । बहुवाली अथवा मिश्रीत खेती प्रणाली । जमिन भित्र फल्ने बदम, स्थानिय प्रजातीको घैया(धान), तिल, कपास, बेलौती(अम्वा) र आप एकै बारिमा लगाउन सकिने बिषेश खेती हो मीश्रीत खेती । परम्परागत खेती प्रणाली भएपनि मानिसले छोड्दै गएको तौरतरिका भएपनि मनग्य आम्दानी लिन सकिने रहेछ भन्ने उदाहरण बनेको छन् ।

एकै स्थानमा मौसमी–बेमौसमी तरकारी,अन्न,दलन,बनस्पती,मसला जन्य,माछा पालन संगै फलफुलको बगैचा एकै स्थानमा देख्न सकिने गरि खेती गरिएको छ । एकै स्थानमा भएपनि एक बालि देखि अर्को बालि संग बंशाणुगत सम्वन्ध छैन । एक बाली नभएमा अर्कौ बालिबाट हुने आम्दानी निश्चित छ । आम्दानीको ग्यारेन्टी भएकाले पनि लगानीका लागि स्थानिय सहकारी,प्राईभेट वैंकहरुले ऋण सहायता पत्याएको छन् ।
बर्षमा ५ देखि ८ लाख सम्मको कारोबारो रहेको कार्कि बताउछन् । फर्मबाट उत्पादी कृर्षिबस्तुको लागि उनले उत्पादनमा मात्र नभएर बजारिकरणको लागि पनि जोड दिएको छन । जस्का लागि ग्रेडिङ मेशीन, मिनी मिल, ग्रास कटर र हाते टयाक्टर लगायतको आवश्यक उपकरणहरु समेत जोडेको छन् । र, आप्mनो परिवार सहित ५ जना कामदार समेत राखेर फर्म संचालन गरेको छन । जस्का लागि भूमि व्यवस्था तथा कृर्षि सहकारी मन्त्रालय अन्तरगत कृर्षि विकास कार्यालय दैलेखले सहयोग गरको छ ।

संघिय सरकारको अग्र्यानिक मिसन कार्यक्रम तथा रैथाने बालि प्रवद्र्धन,उत्पादन तथा बजारी करण सम्वन्धी कर्णाली प्रदेश सरकारको कार्यक्रम अन्तरगत सहायता गरिएको हो । सामान्यतय रैथाने बालिलाई बिस्थापन गरि आगन्तुक तथा हाइृब्रेट बिउ बिजनको खेती तर्फ किसान आकर्षित भइृ एकै खेतीमा आकर्षीत भएको बेला यसरी परम्परागत रुपमा गरिने खेतीले बहुबाली खेती संगै बर्ष भरि आम्दानीको समेत निश्चितता दिएको छ । लोप हुदै गएको रैथाने बालिको संरक्षण सहित प्रवद्र्धन गर्न सक्ने हो भने पहाडि ढलोमा खेर गईरहेको जमिनहरुको प्रयोग मात्र हैन आन्तरिक रोजगारी प्रवद्र्धनमा समेत फाईदा पुग्ने देखिन्छ ।