☰ open Loading... 19 April 2024|  

चीन र भारतका सैनिकबीच लद्दाखमा दोहोरो फायरिङ
  | २३ भाद्र २०७७, मंगलवार १७:३४

 

 

 

 

एजेन्सी : चीन र भारतका सैनिकबीच पूर्वी लद्दाखमा दोहोरो फायरिङ भएको छ । दुवै देशका सैनिकले एकअर्कालाई सुरुमा फायरिङ गरेको आरोप लगाएका छन् । चिनियाँ सेनाले भारतले सुरुमा वास्तविक सीमा रेखा पार गर्दै धम्की स्वरूप फायरिङ गरेको आरोप लगाएको हाे ।



चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले स्थिति नियन्त्रणमा लिन चिनियाँ सेना पनि जवाफमा फायरिङ गरेको जनाएको छ । भारतीय सञ्चारमाध्यमले सन् १९७५ पछि सीमामा भारत र चीनका सैनिकबीच यो पहिलोप टक फायरिङ भएको दावी गरेका छन् ।



केही दिनअघि पनि लद्दाखमा दुई देशका सैनिकबीच झडप भएको थियो । सो झडपमा भएको क्षतिको विवरण दुबै देशले सार्वजनिक गरेका छैनन् ।



जुन महिनामा भएको भिडन्तमा २० भारतीय सैनिकको ज्यान गएको थियो । सीमा क्षेत्रमा शान्ति कायम गर्ने विषयमा दुई देशविच पटक पटक सहमति भएपनि त्यसको कार्यान्वयन भएको छैन ।