☰ open Loading... 19 April 2024|  

कर्णाली पर्देश समाज जापान ओकिनावामा संगठन बिस्तार
  | २४ भाद्र २०७७, बुधबार २१:०३

 

सुर्खेत -जापान अवस्थीत ओकीनावा शहरमा वस्ने कर्णाली प्रदेशका युवाहरुले कर्णाली प्रदेश समाज जापान ओकीनावा नामको संगठन विस्तार गरेका छन।

प्रदेशको शान प्रवासी भुमीमा हाम्रो अभियान भन्ने मुल नाराका साथ सो संगठन विस्तार गरिएको थियो ।

पछिल्लो अवस्थामा जापानका विभिन्न सहरहरुमा .अवस्थित कर्णाली प्रदेशका युवाहरुले गठन विस्तार गर्ने र सबै भन्दा पहीला ओकीनावा बाट सुरुवात गरेको जनाएका छन । यो संगठनले जापान भित्र मात्र नभएर नेपालमा आउने हरेक समस्याहरुलाई पनि सहयोग गर्ने रमेश न्यौपाने फर्मल खवर लाई जानकारि दिनु भयो ।

कर्णाली प्रदेश समाज जापान ओकीनावा नामको संगठन विस्तार मा अध्यक्ष भिम न्यौपाने ,सचिव हरि वहादुर शाही, कोषाध्यक्ष नवराज पुन मगर सर्बसहमतीमा चयन हुनु भयको छ ।

सोमवार भयको सो संगठन विस्तारमा कर्णाली प्रदेश कालिकोट घर भएर हाल ओकीनावा जापानमा बस्दै आउनु भएका भिम न्यौपाने को अधक्ष्यतामा उत संगठन विस्तार गरिएको थियो ।

कर्णाली प्रदेशका १० वटै जिल्ला बाट आउनु भयका युवाहरुले आफ्नो विचार राख्दै धेरै जसो नागरिकले जापान आए पछि धेरै दुख पाउने गरेको ले अबका दिन देखि कैसैलाई दुख नपरोस भन्ने उद्देश्य ले यो संगठन विस्तार गरेको संगठन प्रवक्ता केवि टमट्टाले वताए ।

टमट्टाले भँन्नु भयो अबका दिन देखी कुनै पनी जापानमा आएका नागरिकलाई कुनै दुख पर्दा र्कर्णाली प्रदेश समाज जापान ओकीनावा संगठनले सहयोग गर्ने संगठन प्रवक्ता टमट्टाले वताए ।