☰ open Loading... 25 November 2020|   बिहिबार, मंसिर ११, २०७७


लाेकप्रिय बन्दै गायक कृष्ण
  |

 

यामराज बिष्ट दैलेख , दैलेखको ठाँटीकाध गाँउपालिका वडा नं २ घर भएका गायक कृष्ण कुमार शाहीको गित गाउने सपना त सानै उमेरदेखी नै थियो ।तर आर्थिक अभावका कारण समयमा बजारमा गीतहरु आफ्नाे अवाजमा ल्याउन सकेन । गीत संगीत भन्न बित्तिकै हुरुक्क हुने गायक शाही सानो मा विद्यालय हुँदा उनी गीतहरु गाउने गर्थे ।उनले सुरीलो स्वरमा गीत गायको देख्दा उनका गुरुहरुले तिमिले गीतसंगतिमा केही गर्नुपर्छ भनेर हौसल्लाह दिनुहुन्थो । 

आर्थिक अभावका कारण पहिले आफ्नो चाहाना पुरा गर्न नसकेका शाहीले पछिल्लो समय भने काठमाडौं बाट जागिरे पेसा संगै थुप्रै गितसंगितहरु सिर्जना गर्नुका साथै दर्जनौ लोक तथा दोहोरी गितहरुमा स्वर दिएका छन । 

पहिलो सांगीतिक कोशेली ‘‘राकम झरौला” बाट अाफ्नाे सांगितिक यात्रा सूरुवात गरेका गायक कृष्ण कुमार शाहीले पछिल्लो समयमा ‘‘मेरो जिन्दगी,सुनि दिनु साथी,तिम्रै कसम भो,सम्झी रुन मन छ, लगायत एक दर्जन भन्दा बढि गितहरुमा लय,शब्द,स्वर दिएका छन । बाल्यकाल देखि नै गीत संगितमा रुचि राखेका उनी दुख गरेपछि मेहेन्तको फल अवश्य मिठो हुन्छ बताउछन् ।

 



प्रकाशित मितिः बिहिबार, भदौ २५, २०७७     9:19:31 AM