☰ open Loading... 16 April 2024|  

पहिरो पीडितले पाए नयाँ घर
  | २५ भाद्र २०७७, बिहीबार १५:१९

पंखबहादुर शाही
दैलेख – दैलेखको गुराँस गाउँपालिकाका पहिरो पीडित परिवारहरुले नयाँ घर पाएका छन् । एक बर्ष अघि पहिरोका कारण विस्थापित गुराँस गाउँपालिका–२ पुडेनीका स्थानीयले नयाँ घर पाएका हुन् । ‘२०७६ असारमा अविरल बर्षाका कारण पहिरो आउँदा पुरा गाउँनै जोखिममा परेपछि पुडेनीका १४ ओटा घरका ९२ जना सदस्यहरु विस्थापित भएका थिए ।’ ठिक एक बर्ष पछि आफुहरुले भुकम्प प्रतिरोधि घर पाउँदा निकै खुसी भएको एक स्थानीय जयबहादुर ओलीले बताए । ‘गएको एक बर्षको अवधिमा विस्थापित परिवारहरु स्थानीयतहले व्यवस्थापन गरेको पालमुनी बसेका थिए । उनीहरुलाई उज्यालोको लागि सोलार र त्रिपालहरु दिईएको थियो । गाउँपालिकाले प्रदेश सरकारको सहकार्यमा सोही वडाकै डुडापोखरीमा घरहरु निर्माण गरिदिएको गाउँपालिकाले बताएको छ ।

क्याप्सन ः दैलेखको गुराँस गाउँपालिका–२ पुडेनीका पहिरोबाट विस्थापित परिवारहरुलाई बनाईएका भुकम्प प्रतिरोधि घरहरु ।

दुई कोठे घरहरु निर्माणका लागि गाउँपालिकाको ३५ लाख र प्रदेश सरकारको विशेष अनुदान अन्तर्गतको २५ लाख गरी ६० लाख लगानी भएको छ । यस्तै स्थानीयको ८ लाख रकम खर्च भएको छ । घरहरुमा पानी, वत्ति, शौचालयको व्यवस्था पनि गाउँपालिकाले गर्ने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले अभियानलाई बताए । ‘हामी अझै छिटो सम्पन्न गरिसक्थाेउ ।

उनले भने,‘विस्थापित परिवारहरुको घर, जग्गा आसपासमा बनाउन खोजिएको र त्यसका लागि सार्वजनिक जग्गा खोज्न ढिलाई भएको थियो ।’ उनीहरुले बास बस्नका लागि सुरक्षित आवास पाएपनि छाक टार्नका लागि भने समस्या भएको उनीहरुको गुनासो छ ।