☰ open Loading... 20 April 2024|  

उत्तरी डोल्पामा खाद्यान्न संकट
  | २५ भाद्र २०७७, बिहीबार १५:२७

सुर्खेत २४ -कोरोना संक्रमणका कारण चीनको बाटो हुँदै आउने खाद्यान्न रोकिँदा डोल्पाको उत्तरी क्षेत्रमा भोकमरी सुरु भएको छ। खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले चीन हुँदै माथिल्लो डोल्पाका दुई गाउँपालिकामा पठाउने अघिल्लो आर्थिक वर्षकै सहुलियत खाद्यान्न पुर्याचएको छैन्। दैनिक उपभोग्य बस्तु खरिद गर्ने नजिकका चीनका बजारहरु बन्द छन्। सरकारले चीनसँग जोडिएका हुम्लाको नाम्खा, डोल्पाको डोल्पोबुद्ध र शे–फोक्सुण्डो गाउँपालिकामा चीन हुँदै खाद्यान्न पठाउने गरेको थियो। हुम्लाको नाम्खामा सदरमुकामबाट स्थलमार्ग हुँदै खाद्यान्न पुर्यासइए पनि डोल्पामा दुबै गाउँपालिकामा खाद्यान्न पुगेको छैन्।

चीनसँग सीमा जोडिएको डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्वा गुरुङले चीनसँगका सीमा नाका बन्द हुँदा उत्तरी क्षेत्रका नागरिक भोकभोकै रहेको बताए। ‘चीन हुँदै आउने खाद्यान्न कोरोनाका कारण रोकियो, किनेर खानलाई चीनका बजार बन्द छन्,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘स्थानीय उत्पादन आलु र उवा पनि सकियो, यहाँका जनता भोकभोकै छन्। ’

डोल्पोबुद्ध गाउँपालिकाको जनसंख्या २३ सय छ। अध्यक्ष गुरुङले सदरमुकाम दुनै आएर खाद्यान्न खरिद गर्न चार–पाँच दिन समय लाग्नुका साथै महंगो पर्ने भएकाले अनुदानको खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गरिदिन प्रदेश सरकारलाई अनुरोध गरिएको बताए। ‘डिपोमा आएको खाद्यान्न जनताले सस्तोमा किनेर खान्थे,’ उनले भने, ‘लकडाउनका कारण सरकारी अनुदानको चामल नआउँदा जनताले चार–पाँच दिन लगाएर सदरमुकामबाट महंगोमा खाद्यान्न खरिद गरिरहेका छन्। ’ अध्यक्ष गुरुङले सरकारी अनुदानको चामल डिपोमा क्विन्टलको ५१ सय रुपैयाँ पर्दथ्यो भने अहिले सदरमुकाम गएर किन्दा ३० किलोकै पाँच हजार रुपैयाँ पर्छ।

चीनसँग जोडिएको डोल्पाकै शे–फोक्सुण्डो गाउँपालिकाका पनि खाद्यन्न संकटमा छ। अध्यक्ष टसी तुन्डुप गुरुङले दैनिक उपभोग्यबस्तुको अभाव हुँदा जनता मारमा परेको बताए। ‘अघिल्लै वर्षको बाँकी रहेको खाद्यान्नले केही समय धान्यो, स्थानीय उत्पादन आलु र उवाँ चार महिनालाई मात्रै पुग्छ,’ अध्यक्ष गुरुङले भने, ‘एक सातादेखि यहाँका जनता भोकभोकै छन्। ’ उनले यो वर्ष यार्सा संकलन गर्न नपाउँदा स्थानीयहरुसँग खाद्यान्न खरिदका लागि पैसा पनि नभएको बताए। शे–फोक्सुण्डो भुगोलका हिसावले सबैभन्दा ठुलो स्थानीय तह हो। यहाँको जनसंख्या ४२ सय छ। खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले अघिल्लो आर्थिक वर्षका लागि दुई हजार क्विन्टल खाद्यान्न शे–फोक्सुण्डोका लागि छुट्याएको थियो। डोल्पोबुद्धका लागि तिब्बतको मोरिम र र शे–फोक्सुण्डोका लागि क्याटो नाकाबाट खाद्यान्न ढुवानी गर्ने गरिएको थियो।

कम्पनीका कर्णाली प्रदेश प्रमुख भिमबहादुर थापाले हुम्लाको नाम्खा गाउँपालिकामा सदरमुकाम सिमीकोटबाट खाद्यान्न पुर्यादइए पनि डोल्पामा पुर्यागउन नसकिएको बताए। ‘चीनको बाटो हुँदै पुग्नुपर्ने खाद्यान्न कोरोना संक्रमणका कारण भइरहेको बन्दले पुर्यानउन सकिएको छैन्,’ उनले भने, ‘बैकल्पिक बाटो प्रयोग गरेर खाद्यान्न पुर्या्उने विषयमा छलफल गरिरहेका छौं। ’

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाले खाद्यान्न संकट भएको तत्काल ढुवानीको व्यवस्था मिलाइदिन कर्णाली प्रदेश सरकारलाई अनुरोध गरेको छ। सदरमुकाममा आएको खाद्यान्न गाउँसम्म पुर्यािउन समस्या हुने भन्दै गाउँपालिकाले दुनै वा जुफालबाट हेलिकोप्टरमा खाद्यान्न पुर्याएइदिन प्रदेश सरकारसँग माग गरेको हो।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले गाउँसम्म खाद्यान्न ढुवानीको तयारी प्रदेश सरकारले गरिरहेको बताए। ‘खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले जहाजमार्फत दुनै र जुफालसम्म खाद्यान्न पुर्याेउने र त्यहाँबाट प्रदेश सरकारले हेलिकोप्टरमार्फत गाउँको डीपोहरुमा पुर्यायउने तयारी गरिरहेका छौं,’ उनले भने, ‘एक साताभित्रै खाद्यान्न संकट भएका ठाउँमा खाद्यान्न पुर्या्उँछौं।’साभार:नागरिक दैनिक