☰ open Loading... 12 October 2024|  

चट्याङमा परि दुईको मृत्यु तीन घाइते
  | २५ भाद्र २०७७, बिहीबार १७:४३

 

 

सुर्खेत -सुर्खेतको बराहाताल गाउँपालिका-१, सुगुरखालमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । सुरजबहादुर ओलीको घरमा चट्याङ पर्दा उनकी ४ वर्षीया छोरी रोशनी र सुरजका भाइका छोरा ११ वर्षीय विनोद ओलीको मृत्यु भएको हो ।

बुधबार राति सुतिरहेको अवस्थामा चट्याङ पर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार सुरजकी १० वर्षीया छोरी गंगा, १२ वर्षीया छोरी अमृता र ७ वर्षीय छोरा जय घाइते भएका छन् । उनीहरूलाई शरीरको भित्री भाग, खुट्टामा चोट लागेको छ ।

साथै चट्याङ लागेर दैलेख नौमुले गाउँपालिका-२ बालवाटारका २१ वर्षीय मनबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको छ ।