☰ open Loading... 20 April 2024|  

क्वारेन्टिनमा रहेकालाई गुणस्तरहीन खाना
  | २६ भाद्र २०७७, शुक्रबार ०९:०२

 

सुर्खेत -कर्णाली प्रदेशकाे राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरकाे खुला चाैरमा रहेकाे क्वारेन्टिनमा रहेकाहरुलाई गुणस्तरहीन खाना खुवाएकाे खुलेकाे छ। बिहीबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले खाना खुवाउने हाेटेलकाे अनुगमन गर्दा गुणस्तरहीन खाना खुवाएकाे खुलेकाे हाे ।

सम्झाैतामा उल्लेख भएअनुसार खाना नखुवाइएकाे आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए । गुणस्तरहीन खाना खुवाएकाे गुनासाे आएपछि अनुगमन गरिएकाे मन्त्री भण्डारीले जानकारी दिए । खुला मञ्चमा रहेकाे क्वारेन्टिनमा बसेकाहरुलाई वीरेन्द्रनगरस्थित हाेटेल श्रृंखलाले खाना खुवाउँदै आएकाे छ ।