☰ open Loading... 9 October 2024|  

रुपान्तरणमा कोरोना बाधक
  | २७ भाद्र २०७७, शनिबार ०७:३०

ग्रामीण क्षेत्रका महिलाहरु जिवन रुपान्तरणको लागि अगाडि बढेका कर्णाली प्रदेशका केही महिलाहरुको लागि कोरोना भाइरस मुख्य बाधक बनेको छ ।
कर्णालीका दुर्गम पिछडिएका महिलाहरुको जिवन रुपान्तरणमा लागेका महिलाहरुले आयआर्जन बढाउन र रुढीबादी सोच परिवर्तनका लागि केहि अभियानहरु चलाइएको भएपनि कोरोना भाइरसले बाधा सृजना गरेको हो ।
लामो बन्दाबन्दीका कारण महिला हिंसाका घटनाहरु बढेको भन्दै महिला अभियान्ताहरुले पछाडी पारिएका महिलाहरुको जिवन रुपान्तरणको लागि चलाएका अभियान कोरोनाका कारण अझेलमा पर्दा केही समस्या भएको बताएका छन् ।
सामाजिक सम्बन्ध टुटेको, महिलालाई घर व्यवस्थापन गर्न गाह्रो भएको, घरायससी जीवन र पेसागत कामको सन्तुलन मिलाउन कठिन भएको कालिकोटको पालाता गाउँपालिकामा महिला सशक्तीकरणको अभियान चलाइरहनुभएका फुलतुङ्गा बमले बताउनुभयो ।

उहाँले विगत ९ महिना देखि महिला शसक्तिकरण परियोजना कार्यक्रम मार्फत गाउँपालिका भित्रका महिलाहरुलाई जनचेतनाका क्रियाकलाप गरिँदै आएको भएपनि अहिले लकडाउनले नियमित हुन नसक्दा महिलाहरु सचेत हुन नपाएको बताउनुभयो ।
सामाजिक सँगै आर्थिक रुपमा पनि महिला वर्गलाई कोरोनाले नकारात्मक प्रभाव पारेको र सिकेका कुरा पनि विर्सीदै गएको बमले बताउनुभयो ।

यता, कर्णाली प्रदेश सरकारले महिला तथा बालबालीकाहरुका लागि समुदाय स्तरमा पुगेर काउन्सील गर्ने, महिला शसक्तिकरणका फैलाउने, जनचेतना लगायतका कार्यक्रम ल्याएको जनाएको छ।

वैदेशिक रोजगारीमा जानेहरूका लागि सरकारले पुनः श्रम स्वीकृति दिने निर्णय गरेसँगै कर्णालीबाट ९६ जनाले श्रम स्वीकृति लिएका छन् । लकडाउनका कारण श्रम स्वीकृती रोकिएको थियो । सरकारले पुनः श्रम स्वीकृति दिने निर्णय गरेसँगे असार २१ गते यतामात्र कर्णालीका ९६ जनाले श्रम स्वीकृति लिएका हुन् सामाजिक विकास मन्त्रालय अन्र्तगतको महिला तथा बालबालिका शाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिनुभय।
श्रम स्वीकृती लिनेमा ५ जना महिला र ९१ जना पुरुष रहेको श्रम तथा रोजगार कार्यालय कर्णाली प्रदेशले जनाएको छ ।
पुनः स्वीकृति लिनेहरु युएइ, कतार, मलेसिया र माल्दिब्स लगाएका देशहरुमा काममा जानेहरु रहेको श्रम तथा रोजगार कार्यालयका निमित्त वरिष्ठ श्रमअधिकृत सुनिता दर्लामि मगरले बताउनुभयो
कर्णालीबाट साउदी, युएइ, कतार, मलेसिया, जापन, रुस, बहराईन् लगाएताका देशहरुमा रोजगारीमा जाने गरेका छन् ।
तर, लकडाउनको समयमा साउदीमा आउ–जाउमा रोक लगाएका कारण श्रम स्वीकृति लिएपनि घरमै रोकिएका छन् । लकडाउनको समयमा श्रम स्वीकृति लिनेमा धेरै जसो युएई जानेहरु रहेको श्रमअधिकृत दर्लामिले बताउनुभयो ।
यस्तै, लामो बन्दाबन्दीका कारण भारतबाट स्वदेश आएका नागरिकहरु पनि रोजगारी नपाउँदा पुन भारतमै रोजगारीका लागि जान थालेका छन् ।
कोरोना महामारीको डरले घर फर्किएका उनिहरु छाक टार्न गाह्रो भएपछि पुन रोजगारीका लागि भारतमा जान थालेको पाइएको छ ।