☰ open Loading... 12 October 2024|  

बारीमा बाँधेका गोरु काट्ने दुई जना प्रक्राउ
  | २७ भाद्र २०७७, शनिबार ०६:३५

 

दैलेख -दैलेखको भैरवी गाउँपालिका २ रावतकोट स्थित सोविन थापाका बारीमा बाँधेका गोरुको खुट्टा र मुख काट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर सावदका अनुसार शंकास्पद भनिएका दुइ जना राजु विष्ट र भिम बिष्टलाई प्रक्राउ गरेको हो।सावदले भने, ‘यस बारेमा अहिले नै केही भन्न सकिदैन्, बाँकी अनुसन्धानका क्रममा खुल्छ हामीले अनुसन्धान गरिरहेका छौं ।’

दुई वर्षअघि नै सामान्य विवाद भएको बताएका थापाले बिहीबार दिउँसो पनि गोरुका विषयमा विवाद भएको जनाए । सामान्य विवादका कारण शंकास्पद पक्राउ परेका राजु विष्टले नै गोरु काटेको थापाले आरोप लगाएका छन् ।

के छ कानुनी व्यवस्था
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ को पशुपक्षी सम्बन्धी कसूरको दफा २८९ मा गाई, गोरु मार्न वा कुट्न नहुने उपदफा एकमा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम नहुने उल्लेख छ ।

साथै, उपदफा २ मा उपदफा एक बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुने व्यवस्था छ । साथै, उपदफा तीनमा कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पु¥याएमा पचास हजार रुपैयाँँसम्म जरिवाना हुने पनि उल्लेख छ ।