☰ open Loading... 5 October 2024|  

कर्णालीमा पहुँचकै भरमा उपचार
  | २७ भाद्र २०७७, शनिबार १८:३३

 

 

भाद्र २७, कर्णाली प्रदेशमा सुत्केरी अवस्थामा उच्च रक्तश्राव भएर धेरै महिलाको मृत्यु हुने गरेको छ । समयमा उपचार र उद्धार पाउन नसक्ने अवस्थामा रहेका कर्णाली प्रदेशका महिलालाई हवाई उडानबाट उद्धार गर्ने भनिए पनि पहुँच नभएकाले प्रश्रव पीडामै मृत्यवरण गर्नुपरेको छ।

केही दिनअघि दैलेखको ठााटीकाँध गाउँपालिकाको स्वास्थ्य चौकीमा सुत्केरी भएकी एक महिलालाई उच्च रक्तश्राव भएपछि प्रदेश अस्पतालमा ल्याउने तयारी गरियो । तर सरकारी निकायबाट हवाई उद्धार भएन, एम्बुलेन्समा प्रदेश अस्पताल लैजाादै गर्दा बाटोमा मृत्यु भयो । यो घटना एउटा उदाहरण मात्रै हो । भौगोलिक विकटता र स्वास्थ्य संस्थासम्मको पहुाच नहुाँदा कर्णाली प्रदेशमा वर्षेनि २० देखि २२ जना सुत्केरीको उच्च रक्तश्रावबाट मृत्यु हुने गरेको तथ्यांक छ । बितेका तीन वर्षको तथ्याङ्क हेर्दा स्वास्थ्य संस्थामा भन्दा घरमै सुत्केरी भएका महिलाको मृत्यु बढी भएको छ । सरकारले सुत्केरीको मृत्युदरलाई कम गर्न हवाइ उद्धार गर्ने योजना ल्याए पनि पहुँच नहुँदा अधिकांश सुत्केरीको अकालमै मृत्यु हुने गरेको छ ।

गएको वर्षमा सामाजिक विकास मन्त्रीको जिल्ला हुम्लाबाट ९, पर्यटन मन्त्रीको जिल्ला डोल्पाबाट १०, मुख्यमन्त्रीको जिल्लाबाट ३ जना सुत्केरीको हवाई उद्धार गरिएको थियो । पहुँच र पावर भए मन्त्री र सांसद निकटका सामान्य अवस्थाका सुत्केरीको पनि भनसुनका आधारमा हवाई उद्धार हुने गरेको छ । तर, पहुँच नपुगे सुत्केरी व्यथाले गम्भीर भएका महिलाको समेत उद्धार भएको छैन ।

स्वास्थ्य पूर्वाधारमा निकै कमजोर रहेको कर्णाली प्रदेशमा महिलाहरु गुणस्तरीय स्वास्थ्य सेवा नपाएका कारण नै बढी जोखिममा छन् । हवाई उद्धारमा बिरामीप्रति गरिने विभेद तत्काल रोक्नुपर्ने सर्वसाधारणको माग छ।कान्तिपुर टिभीबाट