☰ open Loading... 19 April 2024|  

पाल्पामा कोरोना समुदायस्तरमा फैलिएपछि स्वाब संकलन
  | २८ भाद्र २०७७, आईतवार ०५:५३

 

 

पाल्पा । पाल्पाको माथागढी गाँउपालिकामा समुदाय स्तरमा कोरोना भाइरस संक्रमण फैलन थालेपछी पुनः समुदाय स्तरबाट स्वाब संकलन गरिएको छ ।माथागढी गाउँपालिकाकाले भदौ १०, ११, १६ र १७ गते गरेर १८३ जनाको पीसीआर परीक्षण गरेकोमा ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएकाहरुमध्ये पाल्पा मिसन अस्पतालको आईस्वलेसनमा २ जना राखिएका छन भने, ४ जनालाई समुदायकै आईस्वलेसनमा राखिएको छ। स्वास्थ शाखाका अनुसार उनीहरुमा कुनैपनि लक्षण देखिएको छैन र स्वास्थ अवस्था पनि सामान्य रहेको छ ।

 

समुदाय स्तरमा बढ्दै गरेको कोरोना संक्रमण नियन्त्रण गर्नका लागि भदौ २५ र २६ गते माथागढी गाउँपालिका भित्रका वडा नम्बर १, २, ३, ४, ५, ६ र ८ गरि ७ वडाकाश काफ्ले २३३ जना समुदायका व्यक्तिहरुको स्वाब संकलन गरि जनस्वास्थ्य कार्यालय भैरहवाको परीक्षण केन्द्रमा पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए ।

दोस्रो मूलुकबाट आउने तथा बाहिरी जिल्लाबाट आएका साथै समुदायका कोरोना सङ्क्रमित व्यक्तिहरुको नजिकमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ र स्वाब संकलन गरिएको र आवश्यकता अनुसार पिसिआर परीक्षण गरिएको पनि प्रमुख प्रशासकीय अधिकृत नेपालले बताए । साथै परीक्षणका लागि स्वाब संकलन कार्यमा स्वास्थ्य शाखा संयोजक केशव जि।सी सहितको ल्याबका टोली खटिएको थियो ।