☰ open Loading... 18 April 2024|  

शिक्षकलाई कारबाही नगर्न अदालतको अन्तरिम आदेश
  | २८ भाद्र २०७७, आईतवार ०८:१३

 

सुर्खेत – दैलेखको गुरासँ गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाउने सामुदायिक विद्यालयका शिक्षकलाई कारबाही गर्ने निर्णय ग¥यो । निर्णयको कार्यान्वयन भन्दै पालिकाभर ३१ शिक्षक, शिक्षका र जनप्रतिनिधिलाई जनही १० हजारका दरले जरिवाना गरेपछि पीडितले मंगलवार उच्च अदालत सुर्खेतमा रिट दायर गरे । रिटउपर सुनुवाइ गर्दै उच्च अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश दिएको खवर सुर्खेतबाट प्रकाशित आजको साझा बिसौनी दैनिकमा खवर छ ।