☰ open Loading... 19 April 2024|  

कर्णालीमा थप १० जनामा काेराेना
  | २८ भाद्र २०७७, आईतवार १६:५३

सुर्खेत, भदाै २८
कर्णालीमा आइतबार थप १० जनामा काेराेनाा भाइरस पृष्टि भएकाे छ । कर्णाली प्रदेश/पशुपन्छी राेग अन्वेषण प्रयाेगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चाैरजहारी नगरपालिका पिसिआर प्रयाेगशाला रुकुम पश्चिममा गरिएकाे स्वाब परीक्षणमा काेराेना पृष्टि भएकाे हाे ।
स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली प्रदेश/पशुपन्छी राेग अन्वेषण प्रयाेगशाला सुर्खेतमा गरिएकाे परीक्षणमा सात, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दुई र चाैरजहारी नगरपालिका पिसिआर प्रयाेगशाला रुकुम पश्चिममा स्वाब परीक्षण गर्दा एकजनामा काेराेना देखिएकाे हाे । हालसम्म कर्णालीमा दुई हजार सात सय ८६ जनामा काेराेना पृष्टि भएकाे छ ।