☰ open Loading... 5 October 2024|  

झुटाे आश्वासन दिएकाे भन्दै सांसद थापाप्रति जनताकाे आक्राेस
  | २९ भाद्र २०७७, सोमबार १७:२०

दैलेख । कर्णाली प्रदेशसभा सदस्य शुसील थापा उपस्थित कार्यक्रममा विवाद सिर्जना भएकाे छ । जनता भेटघाट कार्यक्रममा निर्वाचन क्षेत्र पुगेका थापामाथि स्थानीयले विवाद गरेका हुन् ।

सांसद थापा नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)काे सम्पर्क कार्यालय उद्घाटन गर्न भैरवी गाउँपालिका वडा नम्बर ३ स्थित छड्ने पुगेका थिए । आज (साेमबार) कार्यालयकाे उद्घाटन कार्यक्रममा स्थानीयले सांसद थापासँग विवाद गरेका हुन् ।

सांसद थापाले जनतालाइ झुटाे आश्वासन दिएकाे भन्दै स्थानीयले सामान्य विवाद गरेकाे प्रहरी चाैकी भैरवीका प्रहरी हवल्दार गाेपाल खड्काले दुल्लूखबरलाइ जानकारी दिए ।

‘माननीय सहितकाे नेकपा टीम घरदैलाे अभियान गरी पार्टीकाे सम्पर्क कार्यालय उद्घाटन गर्दै रहेछ’ उनले भने, ‘सांसद थापाले आफुले गरेकाे कामका बारेमा धारणा राख्दै गर्दा केही युवाले विवाद गरेका हुन् ।

हवल्दार खड्काका अनुसार स्थानीय भक्त खत्री, कलम खत्री र लालबहादुर हमालले सांसद थापासँग विवाद गरेका हुन् । उनिहरूले कार्यक्रमलाइ समेत प्रभावित पारेकाे भन्दै नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय दुल्लू पठाइएकाे छ ।

कार्यक्रम भैरहेकाे समयमा आफुमाथि आक्रमण गरिएकाे सांसद थापाले बताए । ‘ममाथि आक्रमण गर्न खाेजिएकाे थियाे ।’ सांसद थापाले दुल्लूखबरसँग भने, ‘मलाइ नै हातपात हुन सकेन । सामान्य विवाद भएकाे हाे ।’

मुख्यमन्त्री राेजगार कार्यक्रम अर्न्तगत कामदारले ज्याला नपाएकाे विषयमा विवाद भएकाे स्थानीयकाे भनाइ छ । ‘सांसद थापासँग मुख्यमन्त्री राेजगार कार्यक्रमकाे ज्याला नपाएकाे विषयमा छलफल गर्न खाेजिएकाे थियाे त्यसैले विवाद सिर्जना भयाे ।’ स्थानीयले भने ।