☰ open Loading... 29 March 2024|  

दाहा सेराका ६० जनाले गरे, नेकपा परित्याग
  | २९ भाद्र २०७७, सोमबार १७:४६

 


कालिकोट– कालिकोटको खाडाचक्र नगरपालिका –६ दाहा सेराका ६० जना स्थानीयहरुले नेकपा परित्याग गरेका छन् । नेपाली काँग्रेसका नेता भुपेन्द्रजंग शाही लगायतको उपस्थितिमा उनीहरुले नेकपा परित्याग गरि काँग्रेसको सदस्यता लिएका हुन् । आशा भरोसाका साथ नेकपालाई सहयोग गरेपनि भनेअनुसार काम नगरेका कारण, पार्टी जनतामुखीभन्दा पनि आफन्त र पैसामुखी भएकाले पार्टी परित्याग गरेको जनाएका छन् । एक महिनादेखी नेता भुपेन्द्रजंग शाही कालिकोटमा बाढीपहिरो प्रभावितहरुलाई राहत वितरण गर्न गाउँगाउँ पुगेका छन् ।