☰ open Loading... 20 April 2024|  

देशभर१२ सय ४६ जनामा कोरोना पुष्टि
  | १ आश्विन २०७७, बिहीबार १६:५४

काठमाडौं : देशका विभिन्न प्रयोगशालामा पछिल्लो
२४ घण्टामा गरिएको पिसिआर परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

देशभरमा १६ हजार २४१ सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा थप १२ सय ४३ जना कोरोना संक्रमण मुक्त भएका छन्। निको हुनेको प्रतिशत ७२ रहेको पनि गौतमले बताए