☰ open Loading... 16 April 2024|  

कर्णालीमा ट्रफिक प्रहरीलाई सरुवा गरेबापत माेटाे रकम दिनुपर्ने बाध्यता
  | ३ आश्विन २०७७, शनिबार १९:११

सुर्खेत -ट्रफिक प्रहरीका प्रमुखहरुले नै प्रहरी जवान र हवल्दारबाट विभिन्न नाकाबाट पैसा नै तोकेर रकम असुल्ने गरेको आरोप लागेको छ।ट्रफिक प्रहरीले आफ्ना हाकिमहरुलाई रकम कबुल गरेर नाकामा गएबापत मोटो रकम दिनेगरेको रहस्य खुलेको छ।केहीदिन अघि सुर्खेतको छिन्चुबाट एक जना प्रहरी हवल्दार र प्रहरी जवानले अटो चालक संग रकम लिएको खुलेको थियो।
त्यो रकम उनिहरुले आफ्ना हाकीमलाई खुशी बनाउन र आफुले चाहेको स्थानमा जानको लागी दिने गरेको समेत पाएको छ।प्रदेश ट्रफिक कार्यालय र जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आफ्ना मातहतका ट्राफीक नाका र पोष्टहरुमा मासिकरुपमा रेट तोकेर रकम असुल्ने गरेको ट्रफिक प्रहरीको स्रोतले जनाएको छ।
ट्राफिक प्रहरीले कर्णाली प्रदेश र सुर्खेतका मुख्यनाका र धेरै यातायातको चापहुने क्षेत्रमा जानको लागी कार्यालय प्रमुखलाइ धेरै रकम दिने गरेको नाम नबताउने शर्तमा एकजना प्रहरीले बताए।
विषेश गरेर प्रदेश राजधानी रहेको बीरेन्द्रनगरको सुब्बाकुना र र्इत्राको पानी ट्यांकीमा स्थायी ड्युटिको लागी २५ हजार मासिक बुझाँउने गरेका छन।
यस्तै छिन्चु १५ हजार, जहरे ५, बबई १४, गोठीकाडाँडा ८ र बाँङगेशिमल जानको लागी १५ हजार सम्म रकम दिने प्रहरी प्रमुखलाइ दिनुपर्ने बाध्यता छ।
यस्तै सुर्खेत र दैलेखको सिमा गुराँसे जानको लागी २५ सल्यानको कपुरोटकोलागी १५ सल्लीबजारको लागी ८ , दैलेखको तल्लोडुगेश्वरको लागी २५ हजार सम्म रकम कार्यालय प्रमुखलाइ मासिक रुपमा बुझाउने पर्ने हुन्छ।